एमाले पथरी शनिश्चरे नगरद्वारा रक्तदान कार्यक्रम - Crazysaptahik.com

एमाले पथरी शनिश्चरे नगरद्वारा रक्तदान कार्यक्रम

क्रेजी समाचारदाता
पथरी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पथरी शनिश्चरे नगर कमिटीको आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । आज आयोजना गरिएको रक्तदान कार्यक्रममा २५ युनिट रगत संकलन भएको एमाले पथरी शनिश्चरे नगर अध्यक्ष रमेश दाहालले जानकारी दिनुभयो ।
सहिद रत्नकुमार बान्तवाको ७४ औं स्मृति दिवस एवं नेपाल कम्युनिष्ट पार्टी एमालेको दोस्रो नगर अधिवेशनको अवसरमा रक्तदान कार्यक्रमसँगै सरसफाई कार्यक्रम गरिएको थियो । नेकपा एमाले पथरी शनिश्चरे नगर कमिटीको दोस्रो नगर अधिवेशन भोलि हुदैछ ।

सम्बन्धित खवर