वडाको ‘एक घर, अनिवार्य एउटा शौचालय’ कार्यक्रम - Crazysaptahik.com

वडाको ‘एक घर, अनिवार्य एउटा शौचालय’ कार्यक्रम

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ भित्र स्थायी रुपमा बसोबास गर्नुहुने व्यवस्थित शौचालय नभएका नागरिकहरूको लागि वडामा दिएको निबेदन बमोजिम शौचालय निर्माणको कार्य अघि बढेको छ ।
यस पटक वडामा २२ वटा घरमा शौचालय निर्माण हुने वडाध्यक्ष नविन कार्कीले जानकारी दिनुभएको छ । वडाले ‘एक घर, अनिवार्य एउटा शौचालय’ कार्यक्रम अन्तर्गत वडा नं. ८ भित्रका ७२ जना नागरिकहरूको निःशुल्क शौचालय निर्माण गरिसकेको छ ।

सम्बन्धित खवर