किर्तिपुरमा हाउस वाइरिङ तालिमको उद्घाटन - Crazysaptahik.com

किर्तिपुरमा हाउस वाइरिङ तालिमको उद्घाटन

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको आर्थिक सहयोगमा हाउस वाइरिङ तालिमको उद्घाटन भएको छ ।
मंगलबार वडा नं. ४ को किर्तिपुर बजारमा दलित सेवा संघ नगर समितिको आयोजनामा हाउस वाइरिङ तालिमको उद्घाटन भएको हो ।
दलित लक्षित कार्यक्रम अन्तर्गत ३० दिने सो तालिमको पथरी शनिश्चरे वडा नं. ३ का वडा सदस्य सम्झना नेपालीले उद्घाटन गर्नुभयो । दलित सेवा संघका अध्यक्ष रामप्रसाद परियारको अध्यक्षतामा भएको सो कार्यक्रम सचिव कुवेर घटानीले सञ्चालन गर्नुभएको थियो । सो तालिमको सहजीकरण मोडल टेक्निकल ईन्स्टिच्युट दमक झापाको रहेको छ ।

सम्बन्धित खवर