पथरी शनिश्चरेमा निरन्तर ‘पार्टीसँग जनप्रतिनिधि कार्यक्रम’ - Crazysaptahik.com

पथरी शनिश्चरेमा निरन्तर ‘पार्टीसँग जनप्रतिनिधि कार्यक्रम’

क्रेजी संवाददाता
पथरी । नेपाल कम्युनिष्ट पार्टी एमाले पथरी शनिश्चरे नगर कमिटीले ‘पार्टीसँग जनप्रतिनिधि कार्यक्रम’लाई निरन्तर रुपमा अघि बढाइरहेको छ ।
नेकपा एमाले पथरी शनिश्चरे नगरको दोस्रो नगर अधिवेशनबाट निर्वाचित नव कार्यसमितिको आगमनसँगै यस कार्यक्रमलाई निरन्तर रुपमा अघि बढाइएको हो । आज वडा नं. ३ मा पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरुसँग एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुसँग अन्तरक्रिया भएको छ । कार्यक्रममा नगर प्रमुख मोहन प्रसाद तुम्वापो, उप–प्रमुख देविमाया काफ्लेको उपस्थिति रहेको थियो । जनप्रतिनिधिहरुसँग वडाका विभिन्न टोलहरूका विकास निर्माण लगायतका विषयगत कुराहरु वडा कमिटीले उठान गरेको थियो । सो पश्चात् नगर प्रमुख तुम्वापो र उप–प्रमुख काफ्लेले विषगत उठेका सवालहरूको बारेमा प्रष्ट्याउनुभएको थियो ।

नगर कमिटी अध्यक्ष सन्जिप गिरीको अध्यक्षतामा भएको सो कार्यक्रममा केन्द्रीय सदस्य युवराज बास्कोटा (यज्ञ), पथरी शनिश्चरे नगर इञ्चार्ज एवं निवर्तमान नगर प्रमुख दिलिप कुमार राई (किशोर), निवर्तमान वडाध्यक्ष डम्बर चेम्जोङ, नगर कमिटी उपाध्यक्ष एवं वडा नं. २ का वडाध्यक्ष नैना राई, वडा नं. ८ का वडाध्यक्ष एवं नगर प्रवक्ता नविन कार्की, भगतचन्द्र थपलिया, देवराज भण्डारी लगायतका नेताहरुको उपस्थिति रहेको थियो । यो कार्यक्रम वडा नं. ४ मा सम्पन्न भइसकेको र अन्य वडाहरुमा पनि आयोजना गरिने अध्यक्ष सन्जिप गिरीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर