नगर प्रमुख तुम्वापोद्वारा मित्रता क्याम्पको उद्घाटन - Crazysaptahik.com

नगर प्रमुख तुम्वापोद्वारा मित्रता क्याम्पको उद्घाटन

क्रेजी संवाददाता
पथरी । नेपाल स्काउट रेड स्टार स्काउट दल पथरी शनिश्चरेको प्रथम मित्रता क्याम्पको नगर प्रमुख मोहन प्रसाद तुम्वापोले उद्घाटन गर्नुभएको छ ।
शुक्रबार तुम्वापोले पथरी शनिश्चरे–२ शान्ति चौकमा स्थापित रेडस्टार अंग्रेजी स्कुलमा झण्डातोलन गरी स्काउटको प्रथम मित्रता क्याम्पको उद्घाटन गर्नुभएको हो ।
स्कुलमा अध्ययनरत ६८ जना विद्यार्थीले स्काउटको तालिम लिदै आएको छन् । स्काउटमा सहभागी विद्यार्थीहरुलाई तालिमकै क्रममा प्रथम मित्रता क्याम्पको आयोजना गरिएको हो । विद्यालयका प्रधानाध्यापक टी.एन. तिम्सिनाको सभापतित्वमा भएको कार्यक्रममा नगर प्रमुख तुम्बापाले कार्यक्रम सफलताको शुभकामना दिनुभयो ।
कार्यक्रममा नगर उप–प्रमुख देवीमाया काफ्ले, प्रवक्ता एवं वडा नं. ८ का वडाध्यक्ष नवीन कार्की, २ नं. वडाध्यक्ष नैना राई, ७ को वडाध्यक्ष उद्धवराज बस्नेत, नगरको स्वास्थ्य विभाग प्रमु्ख मुरारी आचार्य लगायतको उपस्थिति रहेको थियो ।
सो प्रथम मित्रता क्याम्पमा बन्जी जम्प र जिपलाइन गराइएको छ । साँझ क्याम्प फायर गरी शनिबार क्याम्पको समापन गरिने स्थानीय स्काउट कार्यालय पथरी शनिश्चरे नगरपालिकाका प्रमुख आयुक्त रोशन बुढाथोकीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर