पथरी शनिश्चरे नगरपालिकाको सत्रौं नगरसभा सम्पन्न - Crazysaptahik.com

पथरी शनिश्चरे नगरपालिकाको सत्रौं नगरसभा सम्पन्न

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको सत्रौं नगरसभा आज सम्पन्न भएको छ । आगामी आर्थिक वर्ष २०८२।०८३ को वार्षिक नीति, कार्यक्रम तथा बजेट सर्वसहमतिमा पारित गरेको छ । सभाध्यक्ष तथा नगर प्रमुख मोहन प्रसाद तुम्वापोकोले नगरसभा समक्ष पेश गर्नुभएको नीति, कार्यक्रम तथा बजेट सर्वसहमतिमा पारित भएको हो ।
नगर उप–प्रमुख देवीमाया काफ्लेको स्वास्थ्यमा समस्याका कारण नगर प्रवक्ता नविन कार्कीले पथरी शनिश्चरे नगरपालिकाको आर्थिक वर्ष २०८२÷८३ का लागि कूल ८१ करोड ९९ लाख ११ हजारको वजेट प्रस्तुत गर्नुभयो ।
यसैगरी न्यायिक समितिको वार्षिक प्रतिवेदन न्यायिक समिति सदस्य पदम बहादुर धिमालले प्रस्तुत गर्नुभएको थियो । यस्तै लेखा समिति संयोजक भीम राईले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
नगरपालिकाले आगामी आर्थिक वर्षमा नगरको पूर्वाधार विकासमा लगानी गर्दै रोजगारी सृजना गरी गरिबी घटाउने, नगरका नागरिकहरुको स्वास्थ्यको गुणस्तर बढाउन स्वास्थ्य क्षेत्रमा लगानी बढाउने, कृषिमा व्यवसायिकरण यान्त्रिकरण आधुनिकीकरण विविधिकरण गर्दै उत्पादन र उत्पादकत्व बढाउने उद्देश्य रहेको छ ।
नगरसभाको अवसरमा लेखा शाखा प्रमुख पिताम्वर वस्ती र वडा नं. ३ मा कार्यरत कर्मचारी इन्द्र सुब्बा सम्मानित हुनुभएको छ ।

सम्बन्धित खवर