क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. –४ मा अवस्थित राधा कृष्ण मन्दिरमा कृष्ण जन्मोत्सवको अवसरमा रथ यात्रा निकालिएको छ ।
आज मन्दिर प्राङ्गणबाट निकालिएको रथ यात्रा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा सो रथ यात्रा निकालिएको हो ।
यसैगरी पथरी शनिश्चरे वडा नं. ४ का वडाध्यक्ष लोककिरण न्यौपाने, वडा सदस्य तथा कार्यपालिका सदस्य कल्पना श्रेष्ठ, वडा सदस्यहरु मिना विश्वकर्मा, उपेन्द्र बहादुर कार्की, भक्तबहादुर रावत र वडावासीहरुको बाक्लो उपस्थिति रहेको थियो । सो रथ यात्रा मन्दिर प्राङ्गणबाट सुरु भई सोमबारे हँुदै शनिश्चरे बजार परिक्रमा गरी मन्दिर क्षेत्रमा पुगी समापन भएको थियो ।