गाउँपालिकाद्वारा ४१ वटा घर विपन्न परिवारलाई हस्तान्तरण - Crazysaptahik.com

गाउँपालिकाद्वारा ४१ वटा घर विपन्न परिवारलाई हस्तान्तरण

क्रेजी संवाददाता
कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले घरबारविहिन अति विपन्न परिवारलाई घर निर्माण गरी हस्तान्तरण गरेको छ ।
कानेपोखरी वडा नं. १ र ३ को ४१ वटा घर निर्माण सम्पन्न गरी अति विपन्न परिवारलाई नयाँ घर हस्तान्तरण गरिएको हो ।
कानेपोखरी गाउँपालिका, साहरा नेपाल र ह्याविट्याट नेपालको सहकार्यमा वडा नं. १ को झरनाघुटुमा ११ घर र वडा नम्बर ३ को कोलटोलमा ३० घर गरी ४१ घर निर्माण सम्पन्न गरिएको थियो ।
आवासहरु २ करोड २८ लाख १ हजार ३ सय ३० रुपैयाँको लागतमा निर्माण भएका हुन् । प्रति घर ५ लाख ५६ हजार १ सय ३० रुपैँयाको लागतमा निर्माण भएको हो ।
कानेपोखरी गाउँपालिका अध्यक्ष राजमति इङ्नामको सभापतित्वमा भएको घर हस्तान्तरण कार्यक्रममा मोरङ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य तथा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोख्रेल प्रमुख अतिथि, कोशी प्रदेश सभा सदस्य लिलाबल्बभ अधिकारी बिशिस्ट अतिथि, उपाध्यक्ष भोलाप्रसाद अधिकारी, प्रमुख प्रशासकीय अधिकृत हिरा कुमारी यादव, वडा अध्यक्षहरु चरण गुरुङ, रत्नबहादुर कार्की, रमेश राउत, गोपाल बहादुर कार्की, कार्यपालिका सदस्य शुशिला श्रेष्ठ, वडा सदस्यहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.