पथरी शनिश्चरेमा संविधान दिवसको अवसरमा दीप प्रज्वलन - Crazysaptahik.com

पथरी शनिश्चरेमा संविधान दिवसको अवसरमा दीप प्रज्वलन

क्रेजी संवाददाता
पथरी । नेकपा एमाले पथरी शनिश्चरे नगर कमिटीद्वारा नगर पार्टी कार्यालय परिसरमा संविधान दिवसको अवसरमा दीप–प्रज्वलन गरिएको छ ।
जेनजी आन्दोलनको दोस्रो दिन आन्दोलनकारीले पथरी शनिश्चरे नगरपालिकाको कार्यालयमा आगजनी र तोडफोड गरेका थिए । सो घटना पश्चात् पहिलो पटक पार्टी कार्यालय अगाडि एमालेका नेता तथा कार्याकर्ता भेला भएका हुन् ।
संविधान दिवसका अवसरमा पार्टी कार्यालय अगाडि आयोजित कार्याक्रममा पार्टी कार्यालयमा राष्ट्रिय झण्डा र पाटीको झण्डा समेत झण्डोतोलन गरिएको थियो । आन्दोलनका क्रममा क्षति भएको पार्टी कार्यालयलाई समेत पुन संरचना गर्ने प्रतिवद्धता स्थानीय नेता कार्याकर्ताले गरेका थिए । उपस्थित सबैलाई नेकपा एमाले पथरी शनिश्चरे नगर कमिटीका अध्यक्ष संजिव गिरीले धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा नेकपा एमालेका स्थानीय नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.