खोरेत रोग बिरुद्धको निःशुल्क खोप कार्यक्रम - Crazysaptahik.com

खोरेत रोग बिरुद्धको निःशुल्क खोप कार्यक्रम

्क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा खारेत रोग बिरुद्धको निःशुल्क खोप कार्यक्रम जारी रहेको छ ।
२६ गते पथरी शनिश्चरे नगरपालिका वडा नं.२ बाट सुरु गरिएको खोरेत रोग बिरुद्धको निःशुल्क खोप कार्यक्रम आज वडा नं. ३ मा समापन गरिएको छ ।
यसैगरी मंसिर १ र ३ गते वडा नं. ७, मंसिर ३ र ४ गते वडा नं. १०, मंसिर ५ र ७ गते वडा नं. ९, मंसिर ८ र ९ गते वडा नं. ४, मंसिर १० र ११ गते वडा नं. ८, मंसिर १२ र १४ गते वडा नं. ५, मंसिर १५ र १६ गते वडा नं.६, मंसिर १७ गते वडा नं. १ र मंसिर १८ गते छुटफुटमा खोप कार्यक्रम गरिने पशु प्राविधिक लक्ष्मी कुमारी घिमिरेले जानकारी दिनुभयो ।
खोप कार्यक्रमको पथरी शनिश्चरे नगरपालिका मुख्य आयोजक रहेको छ । यस्तै भेटरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मोरङ र उद्योग कृषि तथा सहकारी मन्त्रालय पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय कोशी प्रदेशको सहयोग तथा समन्वय रहेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.