नगरद्वारा प्रहरीलाई मेगाफोन हस्तान्तरण - Crazysaptahik.com

नगरद्वारा प्रहरीलाई मेगाफोन हस्तान्तरण

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाले इलाका प्रहरी कार्यालय पथरीलाई दुई थान मेगाफोन हस्तान्तरण गरेको छ ।
नगर प्रमुख मोहन प्रसाद तुम्वापो र प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले आज इलाका प्रहरी कार्यालय पथरीका प्रमुख तुलसीराम अर्याललाई मेगाफोन हस्तान्तरण गर्नुभएको हो ।
साइरन, रेकर्डिङ तथा बाहिरी माइकको सुविधा सहितका ती मेगाफोन विशेषगरी सूचना प्रवाह तथा आपतकालीन अवस्थाका लागि प्रयोग गरिने जनाइएको छ । जाडो याममा नगर क्षेत्रमा हात्ती आउने समस्या बढ्ने भएकाले त्यसको न्यूनीकरण र जनचेतनाका लागि मेगाफोन प्रदान गरिएको नगर प्रमुख तुम्वापोले बताउनुभयो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.