
क्रेजी संवाददाता
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कृषि विकास शाखाको आयोजनामा वडा नं. २ मा वाली उपचार शिविर कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार वडा कार्यालयमा बाली संरक्षण प्रयोगशाला झुम्का सुनसरीको प्राविधिक सहयोगमा सो शिविर कार्यक्रम सञ्चालन भएको हो । वडाका कृषकको उपस्थितिमा वडाका जनप्रतिनिधि, नगरका कृषि शाखाका कर्मचारीद्वय टिका राई, प्रवेश ढकाल र बाली संरक्षण प्रयोगशाला झुम्का सुनसरीका प्राविधिक योगेन्द्र राईको उपस्थिति रहेको थियो ।

