
क्रेजी संवाददाता
पथरी । मोरङ निर्वाचन क्षेत्र नं ३ को लागि नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वार डा. देउमान सम्वाहाङ्फेले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।
आज पथरी शनिश्चरे वडा नं. १ मा स्थापित मनोहर होटल एण्ड पार्कमा आयोजित पत्रकार सम्मेलनमा निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार सम्वाहाङ्फे सहित विभिन्न वरिष्ट नेता तथा कार्यकर्ताहरुले संयुक्त रूपमा प्रतिबद्धता पत्र सार्वजनिक गरेका थिए ।
पत्रकार सम्मेलनमा डा. सम्वाहाङ्फेले आफ्नो निर्वाचन क्षेत्रका लागि तयार पारेको प्रतिबद्धता पत्र पढेर राज्यद्वारा शिक्षा र स्वास्थ्य निःशुल्क उपलब्ध गराउन पहल गर्ने, भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूको समस्यालाई समाधान गर्न अधिकार सम्पन्न विशेष आयोगको लागि पहल गर्ने, आदिवासी जनजाति तथा महिला तथा दलित उत्पीडित तथा पछाडि परेका समुदायको उत्थानको लागि विशेष पहल गर्ने, बक्राहा, चिसाङ लगायतका नदी किनारमा बस्ने नागरिकको सुरक्षा तथा तटवन्ध जस्ता विभिन्न राजनीतिक तथा स्थानीय सामाजिक मुद्दाहरूमा विशेष पहल गर्ने र आवश्यक कानून निर्माण गर्न सहयोग पु¥याउने भनी प्रतिबद्धता सहित पत्र सार्वजनिक गरेका थिए ।
पत्रकार सम्मेलनमा संविधानसभा सदस्यद्वढ चण्डीप्रसाद राई, लालबहादुर सुस्लिङ, प्रदेश, जिल्ला र स्थानीय पार्टी पंक्तिका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो ।

