विशेष छुटका साथ पथरी बजारमा ‘प्रेस्टिज ट्रेडर्स’को उद्घाटन - Crazysaptahik.com

विशेष छुटका साथ पथरी बजारमा ‘प्रेस्टिज ट्रेडर्स’को उद्घाटन

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. १ मा अवस्थित मुख्य व्यापारिक केन्द्र पथरी बजारमा विशेष छुटका साथ ‘प्रेस्टिज ट्रेडर्स’ होलसेल तथा खुद्रा पसल सञ्चालनमा आएको छ ।
राष्ट्रिय वाणिज्य बैंकको पूर्व–दक्षिण तथा एनएमबी बैंकको पश्चिमपट्टि उक्त पसल सञ्चालनमा आएको हो । बिहीबार एक औपचारिक कार्यक्रमका बीच पथरी उद्योग वाणिज्य संघ का अध्यक्ष दीपक बस्नेत ले पसलको उद्घाटन गर्नुभएको हो । पण्डित केवलकृष्ण अधिकारी ले वैदिक मन्त्रोच्चारण गरी धार्मिक विधिपूर्वक पूजाआजा गराउनुभएको सो समारोहमा तीन कन्याहरूको उपस्थितिमा रिबन काटेर पसलको उद्घाटन गरिएको थियो ।
सञ्चालक बुद्धिनाथ अधिकारी का अनुसार यस ट्रेडर्सले ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै गुणस्तरीय सामानहरू उपलब्ध गराउने लक्ष्य राखेको छ ।
पसलमा विभिन्न प्रकारका घरायसी लगेज तथा ब्यागहरू, स्तरीय कस्मेटिक्स सामग्रीहरू तथा अन्य विविध घरायसी सामानहरू उचित मूल्यमा होलसेल तथा खुद्रा दुवै रूपमा उपलब्ध हुने जनाइएको छ । सञ्चालक अधिकारीले भन्नुभयो, “हामीले होलसेल तथा खुद्रा दुवै मूल्यमा गुणस्तरीय सामानहरू उपलब्ध गराउने गरी यो व्यवसाय सुरु गरेका हौं ।”
पसल सञ्चालनको अवसरमा ग्राहकहरूका लागि विशेष छुट अफर समेत सार्वजनिक गरिएको छ । सञ्चालक अधिकारीका अनुसार आगामी वैशाख ३० गतेसम्म पसलबाट सामान खरिद गर्दा ग्राहकहरूले विशेष सहुलियत प्राप्त गर्न सक्नेछन् ।
स्थानीय व्यवसायीहरूको उपस्थिति रहेको उक्त उद्घाटन कार्यक्रमले पथरी बजारको व्यावसायिक चहलपहलमा थप मद्दत पुग्ने अपेक्षा गरिएको छ । साबुन किन्ने ग्राहकका लागि भाग्यशाली उपहारको नतिजा केही दिनपछि सूचना प्रकाशित गरी सार्वजनिक गरिने पनि उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.