मेची–महाकाली राष्ट्रिय उद्धारद्वारा दुई जनाको उद्धार - Crazysaptahik.com

मेची–महाकाली राष्ट्रिय उद्धारद्वारा दुई जनाको उद्धार

Screenshot

क्रेजी संवाददाता
पथरी । सहयोगापेक्षी सडकआश्रित मानवहरूको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८३ अन्तर्गतको टोलीले पथरी शनिश्चरे नगरपालिकाबाट दुई जनाको उद्धार गरेको छ ।
बुधबार पथरी शनिश्चरेमा गायिका एवं समाजसेवी आनी छोइङ डोल्मा को नेतृत्वमा २६ जना स्वयंसेवकसहितको टोलीलाई नगरपालिकाले स्वागत तथा सम्मान गरेको थियो । त्यसपछि टोलीले ‘राती दिदी’ भनेर चिनिने एक वृद्ध महिला र शारीरिक रूपमा असक्त केशव प्रसाद गुरागाईको उद्धार गरेको हो ।
‘राती दिदी’ भनेर चिनिने वृद्धा इलाका प्रहरी कार्यालय पथरी नजिकैको जंगल क्षेत्रमा बस्दै आएकी थिइन् । त्यसैगरी, रोगका कारण एउटा खुट्टा काटिएका केशव प्रसाद गुरागाई आर्थिक अवस्था कमजोर भएपछि बजार क्षेत्रका मुख्य सडकमा सहयोग माग्दै हिँड्ने अवस्थामा थिए । दुवै जनालाई मानवसेवा आश्रम को टोलीले उद्धार गरी आश्रयका लागि लगेको जनाएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.