पथरी जेसीजको आयोजनामा तीन कार्यक्रम सम्पन्न - Crazysaptahik.com

पथरी जेसीजको आयोजनामा तीन कार्यक्रम सम्पन्न

क्रेजी संवाददाता
पथरी । पथरी जेसीजको आयोजनामा तीन वटा फरक–फरक कार्यक्रम सम्पन्न गर्दै जेसीजले संगठनात्मक सक्रियता, आपसी सम्वन्ध विस्तार तथा आन्तरिक पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेको छ ।
सो कार्यक्रम अन्तर्गत ‘निर्वाचित राष्ट्रिय उपाध्यक्ष शाखा भ्रमण कार्यक्रम’ अन्तर्गत जेसीआई सिनेटर बिदुर थापाको शाखा भ्रमण कार्यक्रम सम्पन्न भएको हो । पथरी जेसीजका पूर्व अध्यक्षहरू जेसी राजकुमार विश्वकर्मा, जेसी सुवर्ण खत्री, जेसी मन दियाली, जेसी सन्तोष धुंगेल तथा जेसी टिका विक्रम चौहानको विशेष उपस्थिति रहेको थियो । उहाँहरूले नयाँ जेसीज सदस्यहरूलाई उत्साह, प्रेरणा तथा आफ्ना अनुभवहरू बाँड्नुभएको थियो ।
कार्यक्रममा मातृ शाखा लेटाङ जेसीजकी अध्यक्ष जेसी संगिता श्रेष्ठको पनि उपस्थिति रहेको थियो। उहाँले शुभकामना मन्तव्य व्यक्त गर्दै शाखाको सफलताको कामना गर्नुभएको थियो। त्यसैगरी निर्वाचित राष्ट्रिय उपाध्यक्षले शाखालाई थप सक्रिय र सशक्त रूपमा अगाडि बढाउन सुझाव तथा प्रेरणा दिनुभएको थियो। साथै उहाँले जेसीआई नेपालप्रतिको दृष्टिकोण, संगठनका अवसर तथा नेतृत्व विकाससम्बन्धी विषयमा पनि जानकारी दिनुभएको थियो।

यसै अवसरमा “सहभोज तथा आत्मीयता अभिवृद्धि कार्यक्रम” पनि सम्पन्न गरिएको थियो। जेसी पुष्कर भट्टराईको संयोजकत्वमा आयोजित उक्त कार्यक्रम लेटाङको गुवाबारीमा सम्पन्न भएको हो। कार्यक्रमको उद्देश्य नयाँ जेसीज सदस्यहरू र पूर्व अध्यक्षहरूबीच परिचय विस्तार, आपसी सम्बन्ध सुदृढ बनाउने तथा आत्मीयता अभिवृद्धि गर्ने रहेको आयोजकले जनाएको छ। कार्यक्रममा सहभोज, मनोरञ्जन तथा प्रतिभा प्रस्फुटनका विविध प्रस्तुति राखिएको थियो ।
यसैगरी, आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले जेसी सबिन तामाङको संयोजकत्वमा अन्तर धार्मिक शान्ति पार्कको अवलोकन भ्रमण कार्यक्रम पनि सम्पन्न गरिएको थियो । कार्यक्रममा लेटाङ नगरपालिकाको प्रमुख भूपेन्द्र कुमार लावती ज्युको प्रमुख आतिथ्यता रहेको थियो ।
नगर प्रमुख भूपेन्द्र लावतीले शान्ति पार्कको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्वबारे विस्तृत जानकारी दिनुभएको थियो। उहाँले लेटाङ नगरपालिकाका भावी योजना तथा पर्यटन प्रवद्र्धनका सम्भावनाबारे पनि आफ्नो धारणा राख्नुभएको थियो। कार्यक्रममा पथरी जेसीजका अध्यक्ष जेसी सुमन सुब्बाको अध्यक्षता रहेको थियो। नगरप्रमुख लावतीले शान्ति पार्कको अवलोकन गर्ने पहिलो संस्थाका रूपमा पथरी जेसीजलाई बधाईसमेत व्यक्त गर्नुभएको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.