प्रदेशसभा सदस्यलाई फेसबुक,ट्विटर चलाउने तालिम - Crazysaptahik.com

प्रदेशसभा सदस्यलाई फेसबुक,ट्विटर चलाउने तालिम

क्रेजी साप्ताहिक । सञ्चारको प्रयोग र सञ्चारसँग जोडिएका सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनु सजगता बारे सिकाउन विराटनगरमा प्रदेशसभा सदस्यहरुलाई तालिम आयोजना गरिएको छ। संसद् सहयोग परियोजनाको सहयोग तथा इनोभेटिभ भिजनद्वारा आयोजित दुई दिने सो तालिममा १८ प्रदेशसभाका सदस्यहरुको सहभागिता छ।

प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले सञ्चार र सामाजिक सञ्जाल व्यक्तित्व विकासको सशक्त माध्यम भएकाले यसको प्रयोग होसियारीपूर्वक गर्नुपर्ने बताए। उनले समाजलाई अग्रगति दिन सबैले सकारात्मक सोच बनाउनुपर्ने बताउदै पत्रकारिता पनि आग्रह वा पूर्वाग्रहबाट चल्नु नहुने बताए।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ समितिका अध्यक्ष विक्रम लुइँटेल, संसदीय पत्रकार मञ्चका अध्यक्ष गणेश लाम्साल, इनोभेटिभ भिजनका अध्यक्ष कृष्णप्रसाद सिग्देल र संसदीय पत्रकार मञ्चका उपाध्यक्ष बाबुराम भण्डारीले सञ्चारको गलत उपयोग भएमा मानिसको व्यक्तित्व नै धरापमा पर्न जाने भएकाले यसतर्फ सचेत हुनुपर्नेमा जोड दिएका थिए।
सेतोपाटीबाट

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.