क्रेजी साप्ताहिक । आफ्ना १ सय ५० जना भन्दा बढि नेता तथा कार्यकर्ताहरु नेकपामा प्रवेश गरेको भनेर गलत समाचार सम्प्रेषण गरेको भन्दौ तरुण दल उपमहानगर समिति धरानले विज्ञप्ती निकालेको छ । तरुण दल उप–महानगर समितिका सचिव मनोहर श्रेष्ठले विज्ञप्ती जारी गर्दै कातिक २४ गतेको ब्लाष्टखबर अनलाईनमा उक्त गलत समाचार सम्प्रेषण गरेर धराने जनतामा भ्रमछर्न खोजेको आरोप लगाएका छन् ।
उनले आफ्नो पार्टीका साधारण सदस्य समेत नरहेका सुभाष राईको नाम जोडेर धराने जनतामा भ्रम छर्न खोजेकोमा आपती जनाएका छन् । उनले भनेका छन्–‘जहिले चुनाव आउँछ, धराने जनताई कम्युनिष्टले गलत अफवाह फैलाउने र झुटको खेती गर्दै आम धरानवासीप्रति गलत सन्देश प्रवाह गर्दै चुनावी परिणाम हात पार्न सफल भएको छ र अहिले उपनिर्वाचनमा समेत नेपाल तरुणदल धरान उपमहानगर समितिमा सदस्य समेत नरहेका सुभाष राईको नाम लिई पार्टी प्रवेश गराएको समाचार सुन्दा कम्युनिष्टहरु जाली काम गर्न कति सिपालु हुन्छन यसैले प्रश्ट पारेको छ’ उनले यस्ता भ्रम छर्ने समाचारहरु समेत नफैलाउन अनुरोध गरेका छन् ।