क्रेजी साप्ताहिक । चुनावमा उमेद्वार भए पनि शान्ति पुर्ण रुपमा मत माग्न पाउनु उमेद्वारको अधिकारको कुरो हो तर नेपाली कांग्रेसका मेयरका उमेद्बार तिलक राई अधिकारसंगै कर्तव्य पनि पूरा गरि रहेका छन । उनी जहाँ जहाँ मत माग्न जान्छन तपाँइको समस्या के छ ? भनेर सोधि हाल्छन । मलाइ मत दिनुस पनि भन्दैन धरानको बिकाश गर्न साथ दिनुस है भनेर उमेर अनुसारको सद्वभाव देखाउछन । जित्नकालागी आशिर्वाद माग्छन धरानलाई समृद्ध बनाउन सहयोग गर्नुस भन्छन । मलाई म दिए अवसर हुने कम्युनिस्टलाई मत नदिए काम नगरेको सजाए हुने बताउदै कांग्रेसका उमेद्वार राई फेरी आशिर्वाद लिन आए है भनेर मुस्काउछन । घर घर पस्छन र तपाईको समस्या के छ भनेर टिपोट समेत गर्छन ।
बिहिबार धरान–१३ को भ.ुप.ु सैनिक मार्गमा भारती राईले कर बढ्यो तर बिकाश भएन भनेर राईलाई प्रश्न गरिन । राईले कर घटाउने र भष्टाचार अन्त्य गरेर नगर समृद्ध बनाउने भन्दै परिवर्तन आवश्यक रहेको बताए । उनले धरानबासीले एक मौका दिए धरान भित्रका बिकृतीको अन्त्य गराउने प्रतिबद्धता ब्यक्त गरे ।
धरान–१३ मा भारती राई सहित दर्जनौ स्थानियले समस्या राई समक्ष राखेका थिए भने राईले धरानको बिकासमा परिवर्तन आवश्यक रहेको र समृद्धिको सहयात्रा धरानबासी संग हातेमालो गरेर गर्ने बताए ।