काँग्रेस सांसद र नगर सभापतिबीच वीरगञ्जमा कुटाकुट - Crazysaptahik.com

काँग्रेस सांसद र नगर सभापतिबीच वीरगञ्जमा कुटाकुट


क्रेजी साप्ताहिक । नेपाली काङ्ग्रेसका वीरगञ्ज नगर सभापति भोला कलवार र नेपाली काङ्ग्रेसका साँसद ओमप्रकाश शर्माबीच कुटाकुट भएको छ । प्रदेशसभा सदस्य समेत रहेका शर्मा र नगर सभापति कलवारबीच बुधबार विहान वीरगन्जको आदर्शनगरस्थित बब्लु टी स्टल अगाडि कुटाकुट भएको हो ।

नगर सभागृहलाई नियम कानुन मिचेर होटल बनाइको विषयमा आफूले विरोध गर्दा नगर सभापति हातपातमा उत्रिएको शर्माले जानकारी दिए । नगर सभागृहबाट नगरपालिकालाई वर्षको दुई लाख दिने गरेको र एउटा विवाहबाट ५ लाखबढी उठाउने गरेको शर्माको बताए । ‘जनप्रतिनिधिका रुपमा मैले त्यसको विरोध गर्दै आएको थिएँ । आज विहान नगर सभापतिले २०–२२ जनासहित ममाथि आक्रमण गर्नु भयो । त्यसको प्रतिकार गर्दा लफडा भएको हो’ उनले बताए । कलवारको बदमासीबारे यसअघि नै पार्टी सभापति समेतललाई जानकारी गराएको सांसद शर्माले बताए ।यता काँग्रेस नगर सभापति कलवारले भने आफूलाई तल्लो स्तरको गाली गरेपछि सहन नसकेर लफडा भएको प्रतिक्रिया दिए । उनले भने, ‘जनप्रतिनिधिले जे पायो त्यही बोल्न मिल्छ ? गालि गलोजमा उत्रिएपछि लफडा भएको हो । उनको टाउको र नाकमा चोट लागेको बताइएको छ ।

सम्बन्धित खवर