धरानमा नेकपा छोडेर काङ्ग्रेस प्रवेश गर्नेको ओइरो - Crazysaptahik.com

धरानमा नेकपा छोडेर काङ्ग्रेस प्रवेश गर्नेको ओइरो


क्रेजी साप्ताहिक धरान । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसलाई फाइदा हुने गरी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सहित विभिन्न दलका नेता कार्यकर्ता कांग्रेसमा प्रवेaश गर्ने लहर नै चलेको छ । धरान उपमहानगर–१७ मा नेकपासहित विभिन्न पार्टीबाट ३५ जना नेता कार्यकता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार रहेका तिलक राईको सोमवारको घरदैलौ कार्यक्रमको अवसरमा शान्ति चोक टोल विकासका अध्यक्ष समेत रहेका माओवादीका पूर्व लडाकू सूर्यबहादुर तामाङको नेतृत्वमा पूर्व माओवादीका धरान नगर सदस्य समेत रहेका १७ नम्बर वडा इन्चार्ज तथा हाल नेकपा नगर सदस्य राजेश मोक्तानसहित नेकपाका मेनुका राई, संगीता तामाङ, मीनकुमार श्रेष्ठ, काजी राई, टंक प्रधान, लक्ष्मीकुमार मोक्तान, धनबहादुर मगर, क्षत्र गुरुङ, राजेश मगर, जीवन विक, कुमार कालिकोटे, जीवन रसाइली लगायत ३५ जना प्रवेश गरेको नेपाली कांग्रेस धरान सचिव श्याम पोखरेलले बताएका छन् । नवप्रवेशीलाई मेयरका उम्मेदवार तिलक राईले फुलमाला अबिर लगाएर प्रवेश गराएका थिए । पार्टी प्रवेशपश्चात बोल्दै सूर्यबहादुर तामाङले धरानको विकासका लागि तिलक राईको खाँचो रहेको बताए । उनले धरानमा गफ गर्ने कम्युनिस्टभन्दा काम गर्ने कांग्रेसको खाँचो रहेकाले कांग्रेसमा प्रवेश गरेको बताएका छन् । ‘माओवादीले पूर्व लडाकूको योगदानलाई पूर्णरुपमा बेवास्ता गरेको र सुकुम्बासीलाई भोट बैंकको रुपमा लिएर धोका दिएको छ,’ उनले भने, ‘गरीब जनता सुकुम्बासीको पार्टीका नेता भन्ने अनि मत लिएपछि चिल्लो कारमा हिँड्ने नेतालाइ मत दिनु हुँदैन ।’ कार्यक्रममै राजेश मोक्तान नेकपाले लडाकूको योगदान बिर्सिएपछि परिवर्तनका लागि कांग्रेसमा प्रवेशमा प्रवेश गरेको बताएका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.