कम्युनिष्टले धोका दिएका कारण धरान १६ का बासीन्दाले काङ्ग्रेसलाई भोट दिने - Crazysaptahik.com

कम्युनिष्टले धोका दिएका कारण धरान १६ का बासीन्दाले काङ्ग्रेसलाई भोट दिने


क्रेजी साप्ताहिक धरान : कम्युनिष्टले पटक–पटक धोका दिएका कारण धरान १६ का वडाबासीले अब कांग्रेसलाई भोट दिने प्रतिबद्धता जाहेर गरेका छन । नेपाली कांग्रेसका उम्मेद्वार तिलक राईको चुनाबी कार्यक्रम अन्तरगत मङलवार र बुधबार दुई दिन आयोजित घरदैलौ कार्यक्रममा वडाबासीले उम्मेदवार राईसंग त्यस्तो प्रतिबद्धता जाहेर गरेका हुन ।

वडाको लेखनाथ चौक, समि चौक, पुल चौक, गणेशमान चौक जस्ता दुई दर्जन भन्दा बढि टोलबासीले कम्युनिष्टका नेताहरुले धरानलाई कुरुप बनाएकाले नेपाली कांग्रेसलाई एक पटक हराबरा बनाउन सक्छन कि भनेर मौका स्वरुप भोट दिने स्थानियहरुको तर्क थियो । स्थानिय पुल चौकमा एकराज तामाङ्गले गत निर्वाचनमा तत्कालीन एमालेलाइ भोट दिए पनि १४ गते हुने निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई भोट दिने बताए । अधिक उत्साहित रुपमा देखिएका स्थानिय हरुघर घरमा भोट माग्दै हिडेका राईलाई देखेर एक पटक मौका दिनु पर्छ जस्तो लागेर भोट दिने अर्का स्थानिय राजन निरौलाको तर्क थियो । कोण सभालाई भन्दा पनि घर दैलोलाई प्रथामिकता साथ राखेर सक्रिय तिलक राईले १६ नम्बर वडामा पाटी प्रवेश समेत गराएका थिए । १६ नम्बर वडामा पाटीका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरला सहित, पुर्व जिल्ला सभापती, क्षेत्रिय सभापती , सचिव, वडा समितिका साथ कार्यक्रताको उत्साह साथमा घरदैलौ कार्यक्रममा सहभागी भएका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.