क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे २ मा अवस्थित मत्स्य विकास समृद्धि वहुउद्धेश्यीय सहकारी संस्थाको ७ औँ वार्षिक साधारणसभा हिजो सम्पन्न भएको छ ।
जिल्ला वचत संघका उपाध्यक्ष विनादेवि राईको प्रमुख आतिथ्यतामा भएको सो साधारसभा सहिद रत्नकुमार वान्तावा स्मारक भवनमा सम्पन्न भएको थियो सो साधारणसभामा संस्थाका त्रृण संयोजक निर कु. राईले स्वागत मन्तव्य राखेका थिए । संस्थाले यस आर्थिक वर्षमा ७१ लाख ४५ हजार १४ रुपैयाको कारोवार गरेको अध्यक्ष सुवास राईले आर्थिक प्रतिवेदन मार्फत प्रस्तुत गरेका थिए । सभामा उत्कृष्ट रिण कारोवार गर्ने सदस्य राहुल मण्डल र अनु राई तथा उत्कृष्ट वचतकर्ता आलिसा लिम्बुलाई सम्मान गरिएको थियो । त्यस्तै संस्थाकि कर्मचारी राधा गौतम, वचत परिचाल सुसना मगरलाई समेत सम्मान गरिएको थियो । संस्थाले यस वर्ष ४० हजार ७ सय १७ रुपैया आम्दानी गरेको छ ।
सोहि साधारणसभावाट सुवास (सन्तोष) राईकै अध्यक्षतामा संस्थाको नव कार्यसमिति समेत चयन गरिएको छ । समितिको उपाध्यक्षमा भिमसेन सुव्वा, कोषाध्यक्षमा संगम राई, सचिवमा चन्द्र राई तथा सदस्यहरुमा ध्रुव श्रेष्ठ, भरत तामाङ, निर कु. राई, तथा लेखा तथा सुपरिवेक्षक समितिमा कुवेर दाहालको संयोजकत्वमा कृष्ण व. थापा र रिता कुलुङ चयन भएका छन भने रिण उप–समितिमा निर कु. राईको संयोजकत्वमा ध्रुव श्रेष्ठ र टिकाराम राई चयन भएका छन् । त्यस्तै सर्वलाल राईको संयोजकत्वमा पुन्वा र शान्तिदेवि राई कृषि परियोजनामा चयन भएका छन् । संस्थाले आधुनिक कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्दै आइरहेको छ ।