क्रेजी साप्ताहिक । कास्की–२ मा भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीकी विद्या भट्टराईले सुरूवाती अग्रता बढाउँदै लगेकी छिन् ।
शनिबार भएको उपनिर्वाचनमा ४५ हजार ५ सय ६३ मत खसेको थियो । आइतबार अपरान्हसम्म ३० हजार ३ सय ३५ मत गणना सकिँदा विद्याले १७ हजार ६ सय ५० मत पाएकी छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले ९ हजार २ सय २४ मत पाएका छन् । समाजवादी पार्टीका धर्मराज गुरूङ तेस्रो स्थानमा रहेका छन् । उनले १३१६ मत ल्याएका छन्। साझा पार्टीकी उम्मेदवार रजनकी केसीले ४५७ मत पाएकी छन् । अहिले त्यहाँ मतगणना जारी छ ।
सेतोपाटीबाट