क्रेजी साप्ताहिक । गत मंसिर १४ गते सम्पन्न उपनिर्वाचनमा प्रतिनिधि सभा सदस्यमा निर्वा्चित सांसद विद्या भट्टराईले पद तथा गोपनियताको सपथ लिएकी छिन् । कस्की–२ को उपचुनावमा भट्टराई नेपाली काङ्ग्रेसका खेमराज पौडेललाई हराउँदै सांसद बनेकी थिइन् ।
सांसद भट्टराईलाई उपसभामुख शिवमाया तुम्वाहाङ्फेले मपद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् । सभामुख पद रिक्त रहेकाले भट्टराईलाई उपसभामुखबाट शपथ ग्रहण गराइएको हो । संविधानको धारा ९१ को चारमा सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता उपसभामुखले गर्ने उल्लेख छ ।