विप्लव समूहका केन्द्रीय सदस्य सहित दुई जना पक्राउ - Crazysaptahik.com

विप्लव समूहका केन्द्रीय सदस्य सहित दुई जना पक्राउ


क्रेजी साप्ताहिक उदयपुर । नेकपा नेत्रविक्रम चन्द (विप्लव) समूहका पूर्व सगरमाथा ब्यूरो इन्चार्ज सहित दुई जना नेतालाई मंगलबार विहान साढे नौ बजे उदयपुर प्रहरीले पक्राउ गरेको छ । प्रहरीले कटारी नगरपालिका ६ रिस्कु धपडबाट विशेष सूचनाका आधारमा नेकपाका दुई नेतालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पूर्व सगरमाथा ब्यूरो ईन्चार्ज तथा पूर्व केन्द्रिय सदस्य भोजपुर षडानन्द नगरपालिका १३ का ४३ वर्षिय देवान सिंह भन्ने दिपेश राई र नेकपा विप्लव समूहको सचिवालय सदस्य कटारी नगरपालिका ४ का ३२ वर्षिय सुरेन्द्र थापा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी वीरबहादुर बुढामगरले जानकारी दिए । उनका अनुसार उनीहरुको साथबाट नगद ३२ हजार ९ सय ५० रुपैया, नेपाल टेलिकमको २२ थान सिमकार्ड, एनसेलको १६ थान सिमकार्ड, स्काई मोबाइल सिम १ थान, सिम सहित स्मार्ट एनड्रोइड मोवाइल ३ थान, किप्याड मोबाइल ६ थान, नेपाल कम्युनिष्ट पार्टी रसिद ८ पाना सहित पक्राउ परेको छ । पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई आवश्यक अनुसन्धान शुरु गरेको प्रहरीले जानकारी दिइएको छ ।

सम्बन्धित खवर