प्रेमप्रसाद भटराई (के.डी)
नेपाल जेसिज बर्ष २०२० को राष्ट्रिय अध्यक्ष पदमा मोरङ्ग पथरीका अशोक शंकर विजयी बनेका छन । शनिवार चितवनको रत्ननगरमा सम्पन्न चुनावी राष्ट्रिय अधिवेशनबाट शंकर विजयी बनेका हुन । कुशल युवा व्यवसायी शंकरल आफ्ना २ प्रतिद्वन्दीलाई पछि पार्दै नेपाल जेसिजको बर्ष २०२० का लागि राष्ट्रिय अध्यक्षमा निर्वा्चित भएका हुन ।
शंकरले चितवनका बीस हजार जेसिजका अरुणेश्वर खनाल र काभ्रे जेसिजका विकास मानन्धरलाई पराजित गर्दै विजयी बनेका हुन् । जम्मा १ हजार ५ सय ६५ मतदाताले गरेको मतदानबाट शंकरले ५ सय ५१ मत प्राप्त गरी विजयी बने । उनका प्रतिद्धन्दी विकास मानन्धरले ४८७ र अरुणेश्वर खनालले ५२७ मत प्राप्त गरेका थिए । त्यस्तै कार्यकारीणी उपाध्यक्षमा विजय गुरुङ, शोभा खरेल, गोकुल सापकोटा र लालमण् िभण्डारी विजयी बनेका छन् । राष्ट्रिय अध्यक्षमा निर्वा्चित शंकर पथरी जेसिजका संस्थापक अध्यक्ष रहेका छ्न उनी एक सफल ब्यवसायी समेत हुन् ।