बक्यौता रकम माग गर्दै माइतीघरमा उखु किसानको प्रदर्शन - Crazysaptahik.com

बक्यौता रकम माग गर्दै माइतीघरमा उखु किसानको प्रदर्शन


क्रेजी साप्ताहिक । बक्यौता रकम माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका उखु किसानले आज पनि माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । शनिबार माइतीघर मण्डलामै धर्ना दिएका उनीहरुले आज पनि प्रदर्शन गरेका हुन् । सरकारले आफ्ना माग सम्बोधन नगरेकाले प्रदर्शन सिंहदरबारसम्म गर्ने किसानहरुले बताए ।

बक्यौता रकम नपाउन्जेल घर नफर्किने काठमाडौं केन्द्रित भएका उखु किसानहरुको भनाइ छ । उखु किसानका अनुसार २०७० देखिकै रकम चिनी मिलहरुले दिएका छैनन् । हालसम्म ५० करोड बक्यौता रकम छ । महालक्ष्मी सुगर मिल्समा मात्रै साढे २१ करोड बक्यौता रहेको किसानहरुको दाबी छ । सरकारले यो वर्ष पनि उखुको मूल्य प्रतिक्वीन्टल ५३६ रुपैयाँ तोकेको छ । यो अघिल्लो वर्षकै बराबर हो । त्यसमा पनि चिनी मिलहरुले बिभिन्न शीर्षकमा कटाएर ४३५ रुपैयाँको मात्रै चिट दिने गरेका छन् ।

अनलाइनखबरबाट

सम्बन्धित खवर