महिला सांसदद्धारा प्रदेश २ का राज्यमन्त्री यादवलाई थप्पड - Crazysaptahik.com

महिला सांसदद्धारा प्रदेश २ का राज्यमन्त्री यादवलाई थप्पड

क्रेजी साप्ताहिक जनकपुरधाम । प्रदेश सभा सदस्य प्रमिला देवी दासले प्रदेश २ का कृषि राज्यमन्त्री योगेन्द्र यादवलाई थप्पड हानेकी छिन् । राज्यमन्त्री यादवलाई नेपाली कांग्रेसकी प्रदेश सभा सदस्य दासले मंगलबार दिउँसो थप्पड हानेकी हुन् ।

कांग्रेसकी प्रदेशसभा सदस्य दासले प्रदेश सरकारको काम कारबाहीको चारैतिर विरोध भए पनि सरकार मन्त्री लाज पचाएर बसेको भनेपछि प्रदेश सभा सदस्य दास र मन्त्री यादवबीच केहीबेर भनाभन भएको थियो । त्यत्तिकैमा प्रदेश सभा सदस्य दासले मन्त्रीमाथि थप्पड प्रहार गरेकी हुन् ।

सम्बन्धित खवर