क्रेजी साप्ताहिक । इलाका प्रहरी कार्यालय दिङला, भोजपुरमा कार्यरत प्रहरी जवान सविना खत्री मङ्सिर महिनाको सर्वोत्कृष्ट प्रहरी बनेकी छिन् । उत्कृष्ट कार्यका आधारमा प्रदेश १ प्रहरी कार्यालय विराटनगरले उनलाई सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । प्रहरी जवान खत्रीले गरेको उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्यांकन गर्दै २०७६ साल मंसिर “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषणा गरिएको हो ।
विभागिय मुल्य, मान्यता, आदेश र निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही जवरजस्ती करणी जस्तो जघन्य अपराधको घटना घटाई फरार रहेका अभियुक्तलाई कानूनी दायरामा ल्याउन सफल भई हुनुका साथै सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउन भुमिका खेलेकोमा उनलाई सर्वोत्कृष्ट प्रहरी घोषणा गरीएको हो । साथै उनले सर्वसाधारणमा शान्ति सुरक्षाको अनुभूती अभिवृद्धि गर्ने तर्फ प्रशंसनिय कार्य गरेकोले उच्च मुल्यांकन गर्दै २०७६ साल मंसिर “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषणा गरिएको प्रदेश १ प्रहरी कार्यालय्र विराटनगरले जनाएको छ ।