क्रेजी साप्ताहिक
पथरी । पथरीशनिश्चरे २ बुद्धचोकमा अवस्थित लर्ड बुद्ध सकोसले एक दिने रक्तदान तथा नयाँ सदस्य विस्तार कार्यक्रम सम्पन्न गरेको छ् । लर्ड बुद्ध साकोसको आयोजना र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा शुक्रबार सम्पन्न उक्त रक्तदान कार्यक्रममा ६० पिन्ट रगत संकलन भएको थियो ।
कार्यक्रमको अवसरमा विषेश छुटसहित अव्हान गरेको नयाँ सदस्य विस्तार कार्यक्रमबाट ३० जना नयाँ सदस्य वृद्धि भएका छन साथै नया सदस्यहरुलाई तुरुन्तै सस्थाले उपलब्ध गराउने सेयर प्रमाणपत्र, बचत पासबुक प्रदान गरेको थियो । साविक डिभिजन सहकारी कार्यालय,मोरङ्गमा मिति २०६२ पौष २५ गतेका दिन सस्था दर्ता भएको स्मरणमा हरेको बर्षको पौष २५ गते रक्तदान कार्यक्रम गर्दै आईरहेको छ् ।