सेनाद्धारा बालुवाटारको कुकर बम निस्कृय - Crazysaptahik.com

सेनाद्धारा बालुवाटारको कुकर बम निस्कृय


क्रेजी साप्ताहिक
काठमाडौँ । बालुवाटारमा नेत्रविक्रम चन्द (विप्लव) समूहले राखेको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । गएराती ११ बजे नेपाली सेनाको टोलीले बम निष्कृय पारेको हो ।नेपाली सेनाका प्रवक्ता एवम् सहायक रथी विज्ञानदेव पाण्डेले कुकर बम निष्कृय पारिएको जानकारी दिए ।

विप्लव समूहले प्रधानन्यायाधीश निवास नजिकै ललिता निवास जग्गामा विष्फोटक पदार्थ राखेको थियो । विप्लव समूहले विष्फोटक पदार्थसँगै उक्त जग्गा कब्जा गरेको उल्लेख गरी पर्चासमेत राखेको थियो । ललिता निवास जग्गा व्यक्तिको नाममा खरिदबिक्री गर्ने काममा संलग्न भएको भन्दै विप्लव समूहले शोभाकान्त ढकालको घरमा बम विष्फोटसमेत गराएको थियो । बम विष्फोटबाट नागार्जुन–१ नर्सरीचोकस्थित ढकालको घरको गेट, झ्यालका सिसा र पार्किङ गरेर राखिएको गाडीमा क्षति पुगेको छ ।

सम्बन्धित खवर