कर्मचारी संगठनद्वारा ५ सहकारी सहित ३ सहकारीकर्मीलाई सम्मान - Crazysaptahik.com

कर्मचारी संगठनद्वारा ५ सहकारी सहित ३ सहकारीकर्मीलाई सम्मान

क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरीमा स्थापित पथरीशनिश्चरे कर्मचारी संगठनले आफ्नो १२ औं साधारण सभा सम्पन्न गरेको छ ।

बुधबार बेलबारीमा अवस्थित बेतना सिमसमर क्षेत्रमा वनभोज सहितको साधारणसभाले ५ सहकारी संस्था सहित ३ जना सहकारीकर्मीलाई सम्मान गर्दै १२ औं साधरणसभा सम्पन्न गरेको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै पथरीशनिश्चरे नगर प्रमुख दिलिप कुमार राईले सहकारी र सहकारी कर्मचारी संगठनसँग जुनसुकै बेला पनि सहकार्य दिन र लिन तयार रहेको बताए ।
पथरीशनिश्चरेमा कर्मचारी संगठनले गरेका गतिविधिको खुलेर प्रसंशा गर्दै प्रमुख अतिथि राईले आगाभी दिनमा नगरले थप सहयोग गर्ने बताए ।

सहकारीले सहकारीमा योगदान गर्ने पथरीशनिश्चरेका तिलक वान्तावा, नेफ्स्कुन संचालक घनश्याम अधिकारी र गोमा नेपाललाई सम्मान गरेको हो भने शनिश्चरे साकोस, कन्तुर साकोस, दिदीबहिनी साकोस, पथरी कृषी साकोस र शिद्धेश्वर साकोस संचालक समितिलाई सम्मान गरेको थियो ।

गणेश कुमार राईको अध्यक्षमा सम्पन्न कार्यक्रममा उपस्थित अतिथिहरुलाई संगठनका उपाध्यक्ष मोहनकुमार श्रेष्टले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सम्बन्धित खवर