राष्ट्रियसभा चुनावः आज रातिबाट मौन अवधि सुरु - Crazysaptahik.com

राष्ट्रियसभा चुनावः आज रातिबाट मौन अवधि सुरु


क्रेजी साप्ताहिक काठमाडौं । आज रातिबाट आगामी बिहीबार हुने राष्ट्रियसभा निर्वाचनको मौन अवधि सुरु हुने भएको छ । सोमबार राति १२ पछि दल तथा तिनका उम्मेदवारको मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनको ४८ घण्टाअघिदेखि प्रचार प्रसार गर्न नपाइने कुरा निर्वाचन आचारसंहितामा उल्लेख छ । आयोगका अनुसार, सञ्चारमाध्यमले पनि यो अवधिमा दल र तिनका उम्मेदवारको पक्षमा प्रचार गर्न पाउँदैनन् । राष्ट्रियसभाको रिक्त हुन लागेका १८ सिटका लागि यही माघ ९ गते बिहीबार निर्वाचन हुँदैछ । सातवटै प्रदेशमा हुने निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतजायर गरेर राष्ट्रियसभाका भावी सदस्य छनोट गर्नेछन् ।

सम्बन्धित खवर