अब पथरीशनिश्चरेमै कर कार्यालय रहने - Crazysaptahik.com

अब पथरीशनिश्चरेमै कर कार्यालय रहने


क्रेजी साप्ताहिक
उत्तरपूर्वी मोरङका सेवाग्राहीका लागि पथरीशनिश्चरेमा आन्तरिक राजस्व सम्वन्धी करदाता सेवा कार्यालय स्थापना हुने भएको छ । अर्थ मन्त्रालयले फागुन महिनाभित्रै कार्यालयको व्यवस्थापन गरेर काम सुचालु गर्न निर्देशन गरे बमोजिम कार्यालयका लागि ठाउँ हेर्ने काम अघि बढेको छ ।

घरभाडा सम्वन्धी बोलपत्र आव्हान गरी कार्यालय भवनको टुंगो लगाइने भएको छ । आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख विमल सापकोटा सहितको टोलीले नगर प्रमुख दिलीपकुमार राईसँग भेटी कार्यालय खडा गर्ने बारे जानकारी गराएको छ । नगरपालिका कार्यालय, पथरी उद्योग वाणिज्य संघको समेत पहलमा आएको कार्यालय पथरी बजारमा रहने छ ।

सम्बन्धित खवर