यायोक्खा पथरीशनिश्चरे नगर समितिमा हेरफेर - Crazysaptahik.com

यायोक्खा पथरीशनिश्चरे नगर समितिमा हेरफेर


क्रेजी साप्ताहिक
पथरी । किरात राई यायोक्खा पथरीशनिश्चरे नगरसमितीको पधाधिकारी र सदस्यहरु लामो समयदेखी विन सूचना सम्पर्क विहिन भएपछि शनिवार भएको नगरको बैठकले विधान अनुसार निस्कृय सदस्यलाई हटाएर सो स्थानमा नयाँ नियुक्त गरेको छ ।

नगर समितिको अध्यक्ष डम्बर चाम्लिङ राई विरामीको कारण लामो समयदेखी भारतको सिलिगुडीमा उपचाररत छन । अध्यक्षको अनुपस्थितिमा उपाध्यक्ष कृष्ण राईले समितिलाई कृयाशील गराउनु पर्नेमा आफै सम्पर्क विहिन भएको कोषाध्यक्ष रामबहादुर राईले बताए । उपाध्यक्षको साथै सचिव निर्मला राई लगायतका पदाधिकारी सदस्यहरु सम्पर्क विहिन भएपछि बैठक बस्नै समस्याहुँदै आएको थियो ।

शनिवार कोषाध्यक्ष रामबहादुर राईको अध्यक्षतामा बसेको बैठकले उपाध्यक्षमा प्रेम वाम्बुले राई, सचिव निर्मलाको स्थानमा अर्को निर्मला राई, सहसचिवमा उमेश चाम्लिङ राई रहेका चयन भएका छन । उपचाररत अध्यक्ष डम्बर राई र कोषाध्यक्ष भने पुरानै यथावत गरिएको छ । सदस्यहरुमा नयाँ र पुरानो गरि पन्चबाहादुर राई, मुगाधन राई, सूर्यकर्ण राई, विशाल राई, चन्द्रकला राई, सुवास राई, प्रेम चाम्लिङ राई, गम्बा राई, गजेन्द्र राई, सन्तप्रसाद राई, निता राई, खड्गबहादुर राई, आशा राई गरि १९ सदस्यीय समिती चयन भएको यायोक्खा जिल्ला सदस्य काशिहाङ राईले बताए ।

बैठकमा यायोक्खा मोरङ जिल्ला सहसचिव कर्ण राई, सदस्य काशिहाङ राई, सल्लाहकार ज्ञानेन्द्र राई, नगरको सल्लाहकार संयोजक कुमार चाम्लिङ राई, पूर्वअध्यक्ष बिजय खम्बू, सिद्दिराज राई लगायतको उपस्थिति रहेको थियो । यायोक्खाको विधान दफा १४ को २ (ढ)मा बिन सूचना तीन पटक बैठकमा उपस्थित नहुने पदाधिकारी सदस्यलाई हटाएर नयाँ थप गर्ने व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार निष्क्रिय सदस्यहरुलाई हटाएर नयाँ थप गरिएको जिल्ला सहसचिव कर्ण राईले बताए ।

सम्बन्धित खवर