क्रेजी साप्ताहिक
मोरङ । बिप्लव माओबादीले प्रदेश १ का बिभिन्न जिल्लामा बिद्यालय सञ्चालकहरुलाई पत्र नै पठाएर बिद्यालय बन्द गर्न निर्देशन दिएपछि आज प्रदेशका विद्यालय बन्द भएका छन् ।
मंगलबारनै सबै बिद्यालयमा पत्र पठाईएपछि बुधबार शैक्षिक संस्थाहरु बन्द भएका हुन् । मोरङ, सुनसरी र झापाका अधिकांश बिद्यालय बुधबार बन्द भएको बिद्यालय सञ्चालकहरुले जानकारी दिएका छन । बिद्यालय खोल्दा सुरक्षाको प्रत्याभुति नहुने देखेपछि बिद्यालय बन्द गर्न बाध्य भएको एक बिद्यालय सञ्चालकले बताए ।