अर्थ र सञ्चार मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले सम्हाल्ने - Crazysaptahik.com

अर्थ र सञ्चार मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले सम्हाल्ने


क्रेजी साप्ताहिक
काठमाडौं । डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएपछि अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी ओलीले सम्हाल्ने भएका छन् ।  नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम खतिवडाले राजीनामा दिएपछि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीले सम्हाल्ने गरी जिम्मेवारी तोकेकी हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले विज्ञप्ति सार्वजनिक गर्दै यो जानकारी गराएका हुन्। सेक्युरिटी प्रेस खरिद प्रकरणको अडियो सार्वजनिक भएपछि तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएपछि सञ्चार मन्त्रालयको जिम्मेवारीसमेत डा. खतिवडालाई दिइएको थियो।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.