‘घरमा गाली खाएँ’ भनेको युवकसँगै गायिका त्रिशला गुरुङले गरिन् विवाह

गायिका त्रिशला गुरुङले संगीतकार रोहित शाक्यसँग विवाह गरेकी छन् । बिहीबार यी दुई संगीतकर्मीबीच लगनगाँठो कसिएको हो । रोहित उनै हुन् जसलाई प्रेमी भनेर चिनाउँदा त्रिशलाले मिडियालाई गाली गरेकी थिइन् भने आफूले घरमा समेत गाली खाएको बताएकी थिइन् ।रोहितसँग अफेयर नभएको र समाचार झुटो भएको जवाफ उनले दिएकी थिइन् ।

फिल्म ‘क्यामिनो’मा नीति शाह अनुबन्धित

दक्षिण अमेरिकी मुलुक हुँदै हिंडेर अमेरिका जाने आप्रवासी संकटको कथावस्तुमा आधारित फिल्म ‘क्यामिनो’को शीर्षमध्येको एक भूमिकामा मोडल नीति शाह अनुबन्धित भएकी छन् । पूर्वमिस नेपाल इन्टरनेसनल समेत रहेकी उनी फिल्मको दुईमध्ये एक नायिकाको भूमिकामा देखिनेछिन् । नीतिसँग केही दिनअघि लिखित सम्झौता भएको निर्देशक दीपक वलीले जानकरी दिए । ‘उहाँको चुनौतीपूर्ण

एन्फा अध्यक्ष नेम्वाङ एएफसीको डेभलपमेन्ट कमिटीमा मनोनीत

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ एसियाली फुटबल महासंघ (एएफसी) को डेभलपमेन्ट कमिटीको उपाध्यक्षमा मनोनीत भएका छन् । डेभलपमेन्ट कमिटी एएफसीको एउटा महत्त्वपूर्ण समिति हो जसले सदस्य संघहरू (एमएस) र क्षेत्रीय संघहरू (आरएएस) लाई बलियो समर्थनलाई जोड दिन्छ । यो एमएएस र आरएएसलाई फुटबल चलाउन र विकास

स्कटल्याण्डद्वारा नेपाल सामु २ सय ७५ रनको लक्ष्य, सन्दीपले लिए ३ विकेट

कीर्तिपुरमा जारी आईसीसी पुरुष विश्वकप लिग टू अन्तरगतको खेलमा स्कटल्याण्डले नेपाल सामु जीतका लागि २ सय ७६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ रोजेको स्कटल्याण्डले ९ विकेटको क्षतिमा २ सय ७४ रन बनाएको हो । स्कटल्याण्डका लागि माइकल लिस्कले शतकीय पारी खेल्दै पारीलाई ठुलो योगफलतर्फ डोर्याएका

स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल

आईसीसी विश्वकप क्रिकेट लिग २ को त्रिदेशीय सिरिज अन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । स्कटल्याण्डले केही बेरमा नेपालविरुद्ध ब्याटिङ गर्नेछ । पहिलो खेलमा नामिबियालाई पराजित गरेका दुवै टोली आज दोस्रो जितको खोजीमा छ । स्कटल्याण्डविरुद्ध

आईसीसी क्रिकेट लिग–२ : आज नेपालले स्कटल्याण्डको सामना गर्ने

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच खेल हुँदैछ ।कीर्तिपुरस्थित टीयू मैदानमा हुने खेल बिहान ९ बजेबाट सुरु हुनेछ । घरेलु मैदानमा भइरहेको शृङ्खलाको पहिलो खेलमा नामिबियालाई हराएको नेपाली टिमले लिगको शीर्ष स्थानमा रहेको स्कटल्याण्डसँग भिड्न लागेको हो । नेपालले कीर्तिमानी २८६ रनको लक्ष्य पूरा गर्दै नामिबियालाई २

आईसीसी महिला टी–ट्वान्टी विश्वकप : पाकिस्तानको पहिलो जित

पाकिस्तानले आईसीसी महिला टी–ट्वान्टी विश्वकपमा पहिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा आयरल्याण्डलाई ७० रनले हराएको हो । केपटाउनमा पाकिस्तानले दिएको १६६ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले १६ ओभर ३ बलमा अलआउट हुदै ९५ रन मात्र बनायो । आयरल्याण्डका लागि ओर्ला प्रिन्डिउरगास्टले ३१ रन बनाए । त्यस्तै इमियर रचिर्डसनले

‘को–हजबेण्ड’ क्यानडा, भारत, बेलायत र स्लोभाकियाको फिल्म महोत्सवमा छनौट

नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान्’ (को–हजबेन्ड) विश्वका विभिन्न देशका फिल्म महोत्सवमा छनौट भएको छ । भारतको केलरामा यही फेब्रुअरी २० देखि २३ सम्म हुने साइन अन्तर्राष्ट्रिय फिल्म महोत्सव, बेलायतको लण्डनमा २० फेब्रुअरीदेखि ५ मार्चसम्म हुने लण्डन माउेन्टन फिल्म महोत्सव, मार्च २४ देखि २६ सम्म क्यानडाको नर्थ बे

कुलेखानीबाट ‘ब्ल्याक छायाँ’ को छायांकन सुरु

फिल्म ‘ब्ल्याक छायाँ’ छायांकन सुरु भएको छ । बिहिबार निर्माण युनिटले कुलेखानी पुगेर फिल्मको शुभ–मुर्हत गर्दै छायांकन सुरु गरेको हो । कलाका नीर शाहले फिल्मका लागि पहिलो सट दिए । आरएल लामा मोक्तानको निर्देशन रहने फिल्ममा नीर शाह, सुनील थापा, धिरेन शाक्य, राजेन्द्र खड्गी, सलोन बस्नेत, सुष्मा कार्की, रोडियो श्री,

वर्षा सिवाकोटी अभिनित ‘ए साथी सुन’ चैत १० मा रिलिज हुने

वर्षा सिवाकोटीको शीर्ष भूमिका रहेको फिल्म ‘ए साथी सुन’ले पोस्टरसहित रिलिज मिति सार्वजनिक गरेको छ । सार्वजनिक भएका दुई पोस्टरमा फिल्मका प्रमुख कलाकारहरु सिवाकोटी र डेब्यु कलाकार रमेश बानियाँलाई फिचर्ड गरिएको छ । यो फिल्म चैत १० गते रिलिज हुने भएको छ । लभस्टोरी, थ्रिलर र कमेडी जनराको फिल्ममा आयन
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.