हाजार्डले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

बेल्जियमका स्टार इडन हाजार्डले बुधबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । विश्वकपबाट बेल्जियम समूह चरणबाटै बाहिरिएपछि ३१ वर्षीय खेलाडीले सन्यासको घोषणा गरेका हुन् । ‘ म एउटा पाना पल्ट्याउँदैछु । तपाईंको मायाका लागि धन्यवाद,’ उनले सामाजिक सञ्जाल इन्सटाग्राममा लेखेका छन्, ‘तपाईंको समर्थनका लागि धन्यवाद । सन् २००८ ले हामीले

नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय रग्बी च्याम्पियनसिप हुँदै

नेपालमा पहिलो पटक १८ वर्षमुनि (यू–१८) को महिला तथा पुरुष अन्तर्राष्ट्रिय रग्बी च्याम्पियनसिप हुने भएको छ । एसिया रग्बी सङ्घको आयोजना तथा नेपाल रग्बी सङ्घको व्यवस्थापनमा यही मङ्सिर २४ र २५ गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा प्रतियोगिता आयोजना हुने नेपाल रग्बी सङ्घका कार्यवाहक अध्यक्ष दीपक देवकोटाले यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी

नेपालका तीन खेलाडी पीएसएलको ड्राफ्टमा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडी पाकिस्तानी सपुर लिग (पीएसएल)को ड्राफ्टमा परेका छन् । नेपाली टोलीका अर्जुन साउद, फास्ट बलर सोमपाल कामी र विकेट किपर ब्याटर सुवास खकुरेल ड्राफ्टमा परेका हुन् । पीएसएलले सार्वजनिक गरेको ड्राफ्ट सूचीको विदेशी खेलाडीको सिल्भर कोटामा उनीहरु अटाएका हुन् । संस्करणको पीएसएल ड्राफ्ट आगामी १५

विश्वकप फुटबल : क्वार्टरफाइनलको पहिलो खेल ब्राजिल र क्रोएसियाबीच शुक्रबार हुने

विश्वकप फुटबलको पहिलो क्वाटरफाइनल खेलमा मा ब्राजिल र क्रोएसियाबीच शुक्रबार प्रतिस्पर्धा हुने भएको छ । खेल नेपाली समयअनुसार शुक्रबार राति पौने ९ बजे सुरु हुनेछ । त्यसैगरी दोस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगल शनिबार राति पौने ९ बजे तथा तेस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्स शनिबार राति पौने १ बजे हुनेछ ।

को हुन् रोनाल्डोको स्थानमा चम्किने पोर्चुगलका ह्याट्रिक हिरो ?

मंगलबार राति स्वीटजरल्याण्डमाथि ६–१ को शानदार जीत हासिल गर्दा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको स्थानमा मैदानमा उत्रिएकाले तीन गोल गर्नुका साथै एउटा गोलको अवसर सिर्जना गरे । अहिले विश्वभर रामोशको चर्चा भइरहेको छ । रोचक कुरा, २१ वर्षीय रामोश पोर्चुगलको विश्वकप टोलीमा लिभरपुलका डिओगो जोटा घाइते भएर मात्र अटाएका हुन् ।

पेलेको स्वास्थ्यमा सुधार

साउ पाउलोका डाक्टरहरूले अस्पतालमा पेलेको स्वास्थ्यमा सुधार आइरहेको बताएका छन् । ८२ वर्षीय ब्राजिलका महान् फुटबलर गत मंगलबार अस्पताल भर्ना भएका थिए । शनिबार मात्र उनले ‘धेरै आशासहित बलियो’ रहेको सन्देश दिएका थिए । किमोथेरापीले प्रतिक्रिया दिन छाडेपछि उनलाई ‘इन्ड अफ लाइफ केयर’ सुरु गर्न लागिएको रिपोर्टहरू सार्वजनिक भएपछि पेलेको

विश्वकप लिग २ अन्तर्गत नेपाल र नामिबियाबीच आज प्रतिस्पर्धा हुँदै

आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय श्रृंखलामा आज नेपालले नामिबियाको सामना गर्ने भएको छ । नेपालले आज तेस्रो खेलमा घरेलु टोलीसँग खेल्न लागेको हो । नेपाल र नामिबियाबीचको खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने दुई बजेदेखि सुरु हुनेछ । नामिबियामा भैरहेको यो श्रृंखलामा नेपाल, नामिबीया र

रामोस कतार विश्वकपको पहिलो ह्याट्रिककर्ता

स्ट्राइकर गोन्कालो रामोस कतार विश्वकप २०२२ मा पहिलो ह्याट्रिककर्ता बनेका छन् । पोचुगल २१ वर्षे युवा स्ट्राइकर जारी विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन् । बेन्फिकाबाट व्यवसायीक फुटबल खेलिरहेका रामोसको यो पहिलो विश्वकप हो । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई विस्थापित गर्दै प्लेइङ सेटमा स्थान बनाएका रामोसले ७४ मिनेट मैदानमा रहँदा

फराकिलो जितसँगै पोर्चुगल विश्वकप फुटबलको क्वार्टरफाइनलमा, रामोसको ह्याट्रिक

गोन्सालो रामोसको ह्याट्रिकमा सहज जित निकाल्दै पोर्चुगल कतार विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा स्वीजरल्यान्डमाथि ६–१ गोल अन्तरको जित निकाल्दै पोर्चुगल क्वाटरफाइनलमा प्रवेश गरेको हो । लुसेइल स्टेडियममा पोर्चुगललाई जित दिलाउन रामोसले ह्याट्रिक पूरा गरे । त्यस्तै पेपे, राफेल गुरेइरो र राफेल लाओले एक–एक गोल

रामोसको गोलमा पोर्चुगलको अग्रता

विश्वकप फुटबलको प्रि–क्वटारफाइनल खेलमा गोन्कालो रामोसले गोल गर्दै पोर्चुगललाई स्वीजरल्यान्डविरुद्ध अग्रता दिलाएका छन् । लुसेइल स्टेडियममा भइरहेको खेलको १७औं मिनेटमा रामोसले गोल गर्दै टिमलाई १–० गोलको अग्रता दिलाएका हुन् । उनले जाओ फेलिक्सको पासमा गोल गरे ।
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.