क्यान मोरङको अध्यक्षमा कुण्डलीया चयन

क्रेजी संवाददाता विराटनगर । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) मोरङको अध्यक्षमा प्रवीण कुण्डलीया चयन हुनुभएको छ । विराटनगरमा भएको क्यान महासघ मोरङको पाचौँ साधारणसभा तथा तेस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा कुण्डलीया चयन हुनुभएको हो । यस्तैगरी उपाध्यक्षमा सौरभ गोल्छा, सचिवमा अजिप चापागाईं, सह–सचिवमा प्रकाश उप्रेती र कोषाध्यक्षमा सुजित झा चयन हुनुभएको छ

‘रश आवर’मार्फत ज्याकी च्यानको कमब्याक पक्का

ज्याकी च्यानका विश्वभरका फ्यानलाई खुसीको खबर छ । यी चर्चित अभिनेताको फिल्म पुनरागमन पक्का भएको छ । ‘रश आवर’को चौथो श्रृंखलामार्फत उनी अभिनयमा फर्कने भएका छन् । बिहीबार रेड सी फिल्म फेस्टिभलमा उपस्थित भएका यी अभिनेताले फ्यानहरुलाई आफू ‘रश आवर’को चौथो सिक्वेलका लागि काम गरिरहेको जानकारी दिए । ‘हामी अहिले

फिल्म हलमा आजदेखि विश्वकप फुटबल

कतारमा जारी विश्वकप फुटबलमा शुक्रबारदेखि क्वार्टरफाइनलका खेल सुरु हुँदैछन् । आजको पहिलो खेल ब्राजिल र क्रोएसिया तथा दोस्रो खेल अर्जेन्टिना र नेदरल्याण्ड्सबीच हुँदैछ । नेपालमा टेलिभिजनमा मात्र फुटबल हेर्दै आएका दर्शकले शुक्रबारदेखि फिल्म हलको ठूलो पर्दामा समेत विश्वकप फुटबलको आनन्द लिन पाउनेछन् । काठमाडौं उपत्यकाका ठूला मल्टिप्लेक्सले मिडिया हबसँग फुटबल

छत्र शाही र काजल जोशीले गरे विवाह

लोकदोहोरी जोडी छत्र शाही र काजल जोशीले विवाह गरेका छन् । शुक्रबार बिहान यी दुईबीच गुह्येश्वरी मन्दिरमा धार्मिक विधिअनुसार विवाह भएको हो । २०७८ सालमै जुम्लामा सामाजिक विवाह भए पनि सिन्दूर हाल्ने विधि चाहिं आज पूरा भएको हो । हिमालय टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘इन्द्रेणी’बाट छत्र र काजल चर्चित छन्

हलमा लागे ‘डेसान’ र ‘सोल अफ द कमाण्डो’

विश्वकप फुटबलको माहोलबीच आज (शुक्रबार)देखि हलमा दुई नेपाली फिल्म रिलिज भएका छन् । भोलराज सापकोटा र नम्रता सापकोटाको अभिनय रहेको ‘डेसान : द एपिडेमिक’लाई ड्रामा जनरामा राखिएको छ । कमल एक्चै मगर निर्देशित फिल्मले विवाहेत्तर सम्बन्धले ल्याउने पारिवारिक उतारचढावको कथा भन्छ । डेब्यु कलाकार निशान चौहानको प्रमुख भूमिका रहेको फिल्ममा

फिल्म नचलेपछि पुष्पले ३३ प्रतिशत पारिश्रमिक फिर्ता गर्ने

कोरोना महामारीपछि विदेशमा ठूला स्टारका फिल्म समेत चलेनन् । उनीहरुले निर्मातालाई बचाउनुपर्ने भन्दै आफ्नो पारिश्रमिक समेत फिर्ता गरे । यही शैलीलाई नेपालमा अभिनेता पुष्प खड्काले पछ्याए । राम्रो समीक्षा प्राप्त भए पनि उनको पछिल्लो फिल्म ‘कृष्णलीला’ बक्स अफिसमा चलेन । तर पुष्पले इमान्दारिता प्रदर्शन गरे । आफूले पाएको पारिश्रमिक फिर्ता

दीपिका पादुकोण ‘सिंघम–३’मा अनुबन्धित

बलिउडमा रोहित सेट्टीको कप युनिभर्स फिल्मको निर्माण तीव्र गतिले भइरहेको छ । फिल्म निर्माता र अजय देवगणले चाँडै अर्को नयाँ श्रृंखला ‘सिंघम अगेन’मा सहकार्य गर्दैछन् । तरण आर्दशले गरेको ट्वीटअनुसार अजयले आफूले निर्देशन गर्ने फिल्म ‘भोला’को छायांकनपछि सिंघमको तेस्रो शृंखलामा कमब्याक गर्नेछन् । फिल्म ‘सर्कस’को गीत लन्च कार्यक्रममा बोल्दै रोहितले

जोनी डेप बने सन् २०२२ मा गुगलमा सबैभन्दा धेरै खोजिने कलाकार

गुगलले आफ्नो सर्च इन्जिनमा सन् २०२२ मा सबैभन्दा धेरै खोजी गरिएका कलाकारको नयाँ सूची सार्वजनिक गरेको छ । यो सूचीको शीर्षस्थानमा हलिउड अभिनेता जोनी डेप छन् । पूर्वपत्नी एम्बर हर्डसँगको सम्बन्ध विच्छेद र घरेलु हिंसाबारेको अदालती मुद्दाको कारण उनी यस वर्ष चर्चित बने । मिडिया र उनका प्रशंसकले अदालतको यो

विश्वकप फुटबल : क्वार्टरफाइनलको पहिलो खेलमा आज ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा

विश्वकप फुटबलको पहिलो क्वाटरफाइनल खेलअन्तर्गत आज ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा हुने भएको छ । खेल नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुनेछ । एजुकेसन सिटी स्टेडियममा हुने खेलमा आज दुवै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहनेछन् । ब्राजिलले राउण्ड अफ १६ मा दक्षिण कोरियालाई हराएको थियो । साविक

एसिया रग्बीका अध्यक्ष कैस नेपालमा

एसिया रग्बीका अध्यक्ष कैस अल धलाइ बिहीबार नेपाल आएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबारदेखि हुने यु–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनसिपका लागि धलाइ नेपाल आएका हुन् । दुईदिने प्रतियोगिता एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा हुन गइरहेको छ । नेपाली रग्बीको इतिहासमा पहिलो पटक नेपालमा अन्तर्राष्ट्रिय रग्बी हुन
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.