आलिया–रणवीरले राखे छोरीको नाम ‘राहा’, बार्सिलोनाको जर्सीमार्फत सार्वजनिक

बलिउड जोडी रणवीर कपुर र आलिया भट्टले छोरीको नामाकरण गरिदिएका छन् । विहिबार बेलुका इन्स्टाग्रामको एक पोस्टमार्फत आलियाले उक्त जानकारी दिएकी हुन् । आलिया र रणवीरले छोरीको नाम ‘राहा’ राखिदिएका छन् । रणवीरकी आमा नीतुले यो नाम राखिदिएकी हुन् । छोरीको नाम सार्वजनिक गर्ने आलिया–रणवीरको काइदा पनि गजबको छ ।

गायक कान्ये वेस्टले सन् २०२४ मा अमेरिकी राष्ट्रपति चुनाव लड्ने

अमेरिकी  गायक कान्ये वेस्ट अमेरिकी राष्ट्रपति चुनावको दौडमा फर्किएका छन् । यो अचम्म मान्नुपर्ने कुरा हैन तर, सन् २०२४ को राष्ट्रपति चुनावमा उनी लड्नेछन् । संगीतसम्बन्ध विश्वचर्चित म्यागजिन बिलबोर्डका अनुसार यसै सप्ताहन्तमा गायक वेस्टले आफ्नो चुनावी अभियानको पुष्टि गरेका छन् । ट्वीटरमा फ्यानले पोस्ट गरेको भिडियोमा पनि गायक वेस्टले आफू

विश्वकपका भाइरल ‘मेट्रो म्यान’

केन्याका २३ वर्षीय अबुबकर अब्बास यतिबेला कतार विश्वकपमा फुटबल समर्थकहरूको प्रिय बनेका छन् । उनी सामाजिक सञ्जालमा भाइरल बनेका छन् । टेनिस अम्पायरको कुर्सीमा बसेर फोमको ठुलो औँलाले फुटबल समर्थकहरूलाई मेगाफोनको प्रयोग गरेर नजिकको मेट्रो स्टेसनको बाटो देखाउने उनको काम हो । उनले भन्ने ‘मेट्रो, यो बाटो ! मेट्रो, यो

नेयमारको खुट्टामा चोट

बिहीबार राति सर्बियाविरुद्ध २–० को जीत हासिल गर्नेमा ब्राजिलका स्टार खेलाडी घाइते भएका छन् । चोटका कारण गोलिगाँठो सुन्निएपछि उनले मैदान छाड्दै उपचार गर्नुपरेको थियो । नेयमारले अन्तिम १० मिनेट साइडलाइनबाट खेल गर्नुपरेको थियो । त्यतिबेला मेडिकल स्टाफले उनको खुट्टाको उपचार गरेका थिए । खेलपछि टीमका डाक्टरले उनको गोलिगाँठोको चोट

प्लेयर टू वाच : गेराथ बेल, वेल्स

कप्तान, देशका लागि सबैभन्दा गोल र थुप्रे कीर्तिमान । बेल यो विश्वकपमा वेल्सका लागि सबैभन्दा महत्त्वपूर्ण खेलाडी हुन् । पाँच पटक च्याम्पियन्स लिगको उपाधिका साथै ३ पटक फिफा क्लब विश्वकपको उपाधि जितेका बेलले वेल्सको जर्सीमा उत्कृष्ट खेल प्रदर्शन गर्दै आएका छन् । बेलले आफ्नो प्राथमिकताहरू लेखेको चर्चित झण्डा फुटबल समर्थकहरूले

विश्वकपमा आज चार खेल

कतार विश्वकप फुटबल अन्तर्गत आज शुक्रबार चार खेलहरू हुँदैछन् । शुक्रबार समूह चरण अन्तर्गत समूह ‘ए’ र समूह ‘बी’ का दुई–दुई खेलहरू हुनेछन् । बिहीबार राति समूह चरणका पहिलो खेलहरू सकिएपछि आजबाट दोस्रो खेलहरू हुन लागेका हुन् । आज हुने पहिलो खेलमा समूह ‘बी’ मा रहेको वेल्स र इरानबीच प्रतिस्पर्धा

रिचर्डलिसन चम्कँदा ब्राजिलको विजयी सुरुवात

रिचर्डलिसनको दुई गोलको सहयोगमा ब्राजिलले विश्वकपको पहिलो खेलमा सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा ब्राजिलले सर्बियालाई २–० गोल अन्तरले हराएको हो । ब्राजिललाई जित दिलाउन रिचर्डलिसनले दुई गोल गरे । पहिलो हाफ गोलरहित बराबरी खेलेको ब्राजिलले दोस्रो हाफमा दुई गोल गरेको हो । खेलको ६२ औं मिनेटमा

घानामाथि पोर्चुगलको जित

  विश्वकप फुटबलमा पोर्चुगलले विजयी सुरुवात गरेको छ । बिहीबार भएको खेलमा पोर्चुगलले घानालाई ३–२ गोल अन्तरले हराएको हो । स्टेडियम ९७४ मा भएको खेलमा पोर्चुगललाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो, जाओ फेलिक्स र राफेन लियोले एक–एक गोल गरे । घानाका लागि आन्द्रे लेओ र ओसमान बुकारीले एक–एक गोल गरे ।

उरुग्वे र दक्षिण कोरियाको पहिलो हाफ गोलरहित बराबरी

विश्वकप फुटबलको पहिलो खेलमा उरुग्वे र दक्षिण कोरियाले पहिलो हाफ गोलरहित बराबरी खेलेका छन् । पहिलो हाफमा दुवै टोलीले पाएको मौका सदुपयोग गर्न नसक्दा गोल रहित बराबरी भएको हो । हिजोको खेलमा सहज जित निकाल्दै दुवै टोली प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा छन् ।

इम्बोलोको निर्णायक गोलमा स्वीटजरल्याण्ड विजयी

ब्रील इम्बोलोको एकमात्र गोलको मद्दतले स्वीटजरल्याण्डले क्यामरुनलाई समूह जीको पहिलो खेलमा हराएको छ । दोस्रो हाफको सुरुवातमा नै इम्बोलोले गरेको गोल खेलमा निर्णायक गोल बन्यो । रोचक कुरा, इम्बोलोको जन्मस्थान क्यामरुन हो । त्यसैले गोल गरेपछि पनि त्यसको खुसियाली माएनन् । इम्बोलो ६ वर्षको हुँदा क्यामरुनबाट स्विट्जरल्यान्ड पुगेका थिए ।
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.