न्युयोर्कमा हीराका गहना किन्दै गर्दा भेटिए स्वस्तिमा, प्रियंका र नीति !

यतिबेला आधाजसो सेलिब्रिटी विदेशमा छन् । त्यसमा पनि धेरैजना अमेरिका घुमघाममा । अभिनेत्री स्वस्तिमा खड्का, मिस नेपाल प्रियंकारानी जोशी र मोडल नीति शाह पनि यतिबेला न्युयोर्कमा छन् । उनीहरु शनिबार ज्याक्सन हाइटको एक गहना पसलमा सपिङ गरिरहेको बेला देखिए । त्यहाँबाट प्राप्त तस्वीरमा उनीहरु सपिङ मुडमा देखिन्छ । स्वस्तिमाले नेक्लेस

कार दुर्घटनामा गम्भीर घाइते हलिउड अभिनेत्री हेचेको उपचारको क्रममा निधन

कार दुर्घटनामा परी गम्भीर घाइते भएकी हलिउड अभिनेत्री एनी हेचेको उपचारको क्रममा निधन भएको छ । क्यालिफोर्नियाको एक अस्पतालले उनलाई कानुनी रुपमा मृत घोषणा गरेको हो । तर अंगदानको निधो नभएसम्म भने उनको शवलाई भेन्टिलेटरमै राखिने जनाइएको छ । आगामी मंगलबारसम्म भेन्टिलेटरबाट निकालेर एनीको अंगलाई दान दिने तयारीमा परिवार छ

सलमान रुस्दीमाथिको आक्रमणले बलिउड स्तब्ध : कंगना, स्वारा र जावेदले गरे निन्दा

भारतीय मूलका बेलायती लेखक सलमान रुस्दीमाथि शुक्रबार अमेरिकाकको न्युयोर्कमा आक्रमण भयो । आक्रमणपछि उनको स्थिति गम्भीर रहेको र भेन्टिलेटरमा राखिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।सलमानका एक एजेन्टले बताएअनुसार गम्भीर चोटका कारण लेखक रुस्दीले एउटा आँखा गुमाउन सक्छन् । उनको हातमा पनि चोट आएको र कलेजोमा पनि क्षति पुगेको जनाइएको छ

हलिउड अभिनेत्री एनी हेचेको परिवारले भन्यो– अब उनी बाँच्ने आशा छैन

गत साता अमेरिकाको लस एन्जलसमा भएको एक कार दुर्घटनामा परी गम्भीर घाइते भएकी हलिउड अभिनेत्री एनी हेचे बाँच्ने सम्भावना लगभग नरहेको उनको परिवारले जनाएको छ । उनको परिवार र साथीहरुका एक प्रतिनिधिले सीएनएनलाई बताएअनुसार उनको बाँच्ने आशा गरिएको छैन । ‘दुर्भाग्यवश, दुर्घटनाको कारण उनको मस्तिष्कमा गम्भीर चोट लागेको छ र

आकांक्षा शर्मासँग डेटिङमा छन् टाइगर श्राफ ?

बलिउड अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानी ६ वर्षदेखि डेट गरिरहेका थिए । तर यी दुईबीचको रोमान्स टुंगिएको छ । बलिउड सञ्चारमाध्यम अनुसार टाइगरको नाम यतिबेला आकांक्षा शर्मासँग जोडिएको छ । टाइगर र आकांक्षाले यसअघि पनि केही म्युजिक भिडियोमा काम गरिसकेका छन् । आकांक्षाले मोडलको रुपमा एक्टिङ करिअरको सुरुवात

‘लाल सिंह चड्ढा’को कमजोर ओपनिङको सन्देश: अब ठूलो पर्दालाई योग्य फिल्म बनाऊ

चार वर्षको पुनरागमनपछि आमिर खानले पक्कै पनि आफ्नो फिल्म ‘लाल सिंह चड्ढा’बाट नाटकीय सम्भावनाको अपेक्षा राखेका थिए । अपेक्षाविपरित अद्वेत चन्दन निर्देशित फिल्मले भारतीय बक्स अफिसमा ११.५० करोड भारुको ओपनिङ गरेको छ । लगानी उठाउन मुस्किल हुने किसिमले राष्ट्रिय मल्टिप्लेक्सले यसलाई न्यून शो दिएका थिए । ‘लाल सिंह चड्ढा’को ओपनिङ

बेन्जेमा रियलका लागि सर्वाधिक गोलकर्ताको सूचीको दोस्रो स्थानमा

करिम बेन्जेमा रियल म्याड्रिडको सर्वाधिक गोलकर्ताको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन् । बुधबार राति अइन्ट्राक्ट फ्रांकफर्टलाई यूईएफए सुपरकपमा २–० ले हराउने क्रममा गोल गर्दै फ्रेन्च फरवार्ड दोस्रो स्थानमा उक्लन सफल भएका हुन् । खेलको ६५ औँ मिनेटमा गोल गरेका ३४ वर्षीय बेन्जेमाले रियलका महान् खेलाडी राउलको ३ सय २३ गोलको

सान्चेज फ्रेन्च क्लब मार्सेमा अनुबन्धित

इन्टर मिलानका पूर्व स्ट्राइकर एलेक्सिस सान्चेज फ्रेन्च लिग वान क्लब मार्सेमा अनुबन्धित भएका छन् । बुधबार राति सफल स्वास्थ्य परिक्षण पूरा भएसँगै सान्चेज आधिकारिक रुपमा फ्रेन्च क्लबसँग जोडिएका हुन् । यसअघि इन्टरले सान्चेजसँगको सम्झौता नविकरण नगर्ने घोषणा गरेपछि उनी मार्सेसँग जोडिएका थिए । पूर्व बार्सिलोना, आर्सनल र म्यानचेस्टर युनाइटेडका खेलाडी

रियल मड्रिडलाई सुपर कपको उपाधि

आफ्नो करियरको ३२४ औं गोल गर्दै करिम बेन्जेमाले युईएफए सुपर कपको उपाधि रियल मड्रिडलाई दिलाएका छन् । बुधबार राति भएको खेलमा फ्रान्कफुर्टलाई २–० ले पराजित गर्दै रियलले सुपर कप उपाधि जितेको हो । रियलको जितमा डेभिड अलाबा र बेन्जेमाले दुबै हाफमा एक एक गोल गरे । बेन्जेमाको उत्कृष्ट प्रदर्शनमा यस

गोकुलमको जितमा सावित्राको पाँच गोल

नेपाली राष्ट्रिय महिला फुटल टोलीकी खेलाडी सावित्रा भण्डारीको पाँच गोलको सहयोग गोकुलम केरलाले केरेला महिला लिगमा सहज जित हात पारेको छ । गोकुलम केरेला एफसीले केरला युनाइटेड एफसीलाई ११–० गोल अन्तरले हराएको हो । पहिलो हाफमा चार गोल गरेकी सावित्राले दोस्रो हाफमा थप एक गोल गरेकी हुन् । पहिलो खेलमा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.