अस्ट्रेलियामा ‘धमाका २०७९’ सुरु, पशुपति शर्मा र रचना रिमालको प्रस्तुति

चर्चित नेपाली कलाकारहरुको प्रस्तुति रहने ‘धमाका २०७९’ अस्ट्रेलियामा सुरु भएको छ । अस्ट्रेलियाका सात सहरमा आयोजना हुने कार्यक्रममा लोकदोहोरी गायक पशुपति शर्मा, गायिका रचना रिमाल, हास्य कलाकार सुवोध गौतम र दीपक आचार्य ‘काकु’को प्रस्तुति रहने छ । केबीसी अस्ट्रेलियाले आयोजनामा शुक्रबार पर्थबाट सुरु भएको टुर आइतबार लन्चचेस्टनमा हुँदैछ । यसलगत्तै

अजय देवगण र सुरियालाई भारतको राष्ट्रिय फिल्म अवार्ड

भारत सरकारले ६८ औं राष्ट्रिय फिल्म अवार्ड घोषणा गरेको छ । जसमा ‘तान्हाजी ः द अनसङ वारियर’बाट अजय देवगण र ‘सोरारई पोटुरु’बाट दक्षिण भारतीय सुपरस्टार सुरियालाई सर्वोत्कृष्ट अभिनेताको अवार्ड मिलेको छ । ‘सोरारई पोटरु’लाई पाँच विधामा अवार्ड प्राप्त भएको छ भने सर्वोत्कृष्ट हिन्दी फिल्म ‘तुलसीदास जुनियर’ बन्यो । ‘सोरारई पोटरु’बाट

‘ब्ल्याक प्यान्थर २’को ट्रेलर : मार्भल स्टुडियोको मर्मस्पर्शी पुनरागमन र प्रभुत्वको लडाईं

मार्भल स्टुडियोले हलिउडको प्रतीक्षित सुपरहिरो फिल्म ‘ब्ल्याक प्यान्थर’को दोस्रो श्रृंखलाको ट्रेलर सार्वजनिक गरेको छ । ‘ब्ल्याक प्यान्थर ः वाकान्डा फरेभर’को यो ट्रेलर केन्ड्रिक लामारको गीत ‘अलराइट’बाट सुरु हुन्छ । काल्पनिक थलो वाकान्डाको जलीय वातावरण, भविष्यको प्रविधि र सेतो पहिरन लगाएका वाकन्डाहरुको भीडसँगको अन्त्येष्टिजस्तो देखिने तस्वीरसँगै ट्रेलर सुरु हुन्छ । एन्जेला

सलमान खानमाथि सुरक्षा थ्रेट, राज्यसँग मागे हतियार

आफ्नो हत्याको धम्कीपत्र पाएका अभिनेता सलमान खानले आत्मरक्षाका लागि हतियार राख्न पाउनुपर्ने तर्क गर्दै हतियारको इजाजत दिन प्रशासन समक्ष आवेदन गरेका छन् । गत महिना ग्याङ्स्टर लरेन्स बिश्नोईको गिरोहबाट आएको धम्की पत्रलाई ध्यानमा राख्दै आत्म–सुरक्षाको लागि हतियार लाइसेन्सका लागि उनले आवेदन गरेका मुम्बई पुलिसले जनाएको छ । अभिनेता खानले मुम्बईका

आफूले अभिनय गरेको हलिउड फिल्मको प्रिमियरमा धोती लगाएर पुगे तमिल सुपरस्टार धनुष

तमिल फिल्म उद्योगका सुपरस्टार धनुष यतिबेला आफ्नो हलिउड प्रोजेक्ट ‘द ग्रे म्यान’ को प्रमोशनमा व्यस्त छन् । बुधबार साँझ मुम्बईमा सो फिल्मको प्रिमियर भएको थियो । प्रिमियरमा धनुष परम्परागत अवतारमा देखिए । हलिउड र भारतीय फिल्म उद्योगका नाम चलेको कलाकारहरुको उपस्थिति रहेको कार्यक्रममा धनुष​ सेतो शर्ट, परम्परागत धोती (जसलाई तमिल

हिरोइन र अभिनेत्रीबीच विभेद गर्दिनँ : मलिका महत

फिल्म ‘पानीफोटो’ सम्भवतः मलिका महतको ट्रेण्डसेटर फिल्म बन्न सक्छ । ट्रेलरबाट उनले प्राप्त गरेको प्रतिक्रिया हेर्दा लाग्छ, उनीसँग यसपछि अवसर र चुनौती दुवै छन् । शुक्रबार संक्षिप्त कुरा गर्दै महतले यो फिल्म आफ्नो स्वप्न प्रोजेक्ट रहेको बताइन् । ‘सानैदेखि अभिनयको रुचि मभित्र थियो । तर कहिल्यै पनि हिरोइन बन्छु वा

१० लाख पारिश्रमिकमा नीतिले साइन् गरिन् ‘एक्स नाइन’, अनमोलसँग जोडी बाँध्ने

मोडल नीति शाह फिल्म ‘एक्स नाइन’मा अनुबन्धित भएकी छन् । शुक्रबार निर्माता तथा निर्देशक मुकुन्द भट्टसँग उनको यसबारे लिखित सहमति भएको छ । १० लाख रुपैयाँ पारिश्रमिक (करबाहेक)मा उनले फिल्ममा साइन गरेको जनाइएको छ । यो एक्सन फिल्मको मुख्य पुरुष पात्रमा अनमोल केसी यसअघि नै अनुबन्धित भइसकेका छन् । अनमोल

जगदीश समालले ल्याए ‘सरसर माया’, नाजिर र रुविनाको अभिनय

गायक जगदीश समालले ‘सरसर माया’ बोलको गीत ल्याएका छन् । गीतमा डीपी खनालको शब्द, शंकर स्माइलको संगीत र उदयराज पौडेलको एरेन्ज रहेको छ ।रोमान्टिक शैलीको गीतको भिडियोमा नाजिर हुसेन र रुविना थापा फिचर्ड छन् । भिडियोमा कलाकार रोजिना धिमालले पनि अभिनय गरेकी छन् । शान थापाको निर्देशन रहेको भिडियोलाई अर्जुन

लिभरपुलको जितमा नुनेजको चार गोल

डेब्यु खेलाडी डार्विन नुनेजको चार गोल मद्दतमा इङ्ग्लिस क्लब लिभरपुलले जर्मन बुण्डेसलिगा क्लब आरबी लाइपजिकलाई प्री सिजन टुरमा ५–० अन्तरले पराजित गरेको छ । बिहिवार राति म्यानेजर क्लोपको टिमले रेडबुल एरिनामा जित दिलाउन नुनेजले चार गोल गर्दा मोहम्मद सलाहले एक गोल गरे । अग्रता भने सलाहले लिएका थिए । यसपछि

महिला युरो : अष्ट्रीयालाई हराउँदै जर्मनी सेमिफाइनलमा

अष्ट्रीयालाई २–० अन्तरले पराजित गर्दै जर्मनी महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राती भएको खेलमा जर्मनीलाई जित दिलाउन लिना मागुन र एलेजान्ड्रा पोपले समान एक–एक गोल गरे । लिलाले २५ औं मिनेट अग्रता दिलाइन । पोपले खेलको अन्तिम समयमा दोब्बर अग्रता बनाइन् ।जर्मनी नवौं पटक युरो उपाधि
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.