पहिलो अभ्यास खेलमा अल स्टार्ससँग नेपाल चार विकेटले पराजित

अमेरिका भ्रमणमा रहेको नेपाल राष्ट्रिय क्रिकेट टिम पहिलो अभ्यास खेलमा नेपाली अल स्टार्ससँग चार विकेटले पराजित भएको छ । बिहीबार भएको खेलमा नेपालले प्रस्तुत गरेको १९१ रनको लक्ष्य अल स्टार्सले ३३ दशमलव ५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । अल स्टार्सको जितमा विपुल शर्माले ५० र गौरव बजाजले

१० वर्षदेखि बराबरी खेल्दै स्पेन र पोर्चुगल

८ वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका रिकार्डो होर्टाले गोल गरेपछि पोर्चुगलले नेसन्स लिगको पहिलो खेलमा स्पेनसँग बराबरी खेलेको छ । यसअघि स्पेनका लागि खेलको २५ औँ मिनेटमा अल्भारो मोराटाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, खेलको ८२ औँ मिनेटमा होर्टाले जोआ क्यान्सेलोको पासमा गोल गर्दै खेल बराबरी गरे ।

एन्फा निर्वाचन : दुई उम्मेदवारी खारेज

अखिल नेपाल फुटबल संघ (एन्फा)को असार ६ गते हुने निर्वाचनका लागि उम्मेदवारी दिएका दुई जनाको उम्मेदवारी खारेज भएको छ । सदस्य पदका उम्मेदवार शम्भु सिंह ठकुरी र रमेश श्रेष्ठको उम्मेदवारी खारेज भएको छ । समयभन्दा ढिला भौचर बुझाएका दुई जनाको उम्मेदवारी रद्ध भएको निर्वाचन समितिका सदस्य बद्री भट्टराईले  जानकारी दिए

मकवानपुर गोल्डकप सुरु, सिमराको विजयी सुरुवात

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा बिहीबारबाट हेटौंडामा चौथो सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको उद्घाटन खेलमा नव जनजागृति युवा क्लब सिमराले विजयी सुरुवात गरेको छ । सिमराले बागमती युवा क्लब सर्लाहीलाई २–० गोल अन्तरले पराजित गरेको हो

यु–१९ महिला विश्वकप छनोट : नेपालले भोलि कतारविरुद्ध खेल्ने

यु–१९ महिला टी–२० विश्वकप छनोटमा नेपालले कतारविरुद्ध मैदान उत्रिँदै प्रतियोगिताको सुरुआत गर्दैछ । प्रतियोगिता अघि मलेसिया उठ्नु अघि नेपाली टिमले शीर्षस्थानमा रहने योजना बनाएको छ । शुक्रबार (भोलि) बाट सुरु हुने प्रतियोगितामा ६ राष्ट्र सहभागी रहेको छ । प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले अर्को वर्ष दक्षिण अफ्रिकामा हुने विश्वकपमा स्थान

पृथ्वीराजकी नायिका भन्छिन्, ‘बलिउडमा कास्टिङ काउच हुन्छ’

रायपुरकी ऐश्वर्या राज भकुनी फिल्म पृथ्वीराजमा देखिएकी छिन् । उनले फिल्म उद्योगमा पनि कास्टिङ काउचजस्ता कुराको चर्चा हुने गरेको बताउँछिन् । अभिनेत्रीले यहाँ कास्टिङ काउच भएको खुलासा गरिन् । धेरै निर्माता र निर्देशकले गलत अफर दिएर आफ्नो फाइदा उठाउने प्रयास गरेको तर टाढैबाट त्यस्ता मानिसहरूलाई झुकाएर आफू फर्कने गरेको जिकिर

मुद्दा जितेपछि ‘पाइरेट्स अफ दी क्यारेबियन’मा फर्किंदै जोनी डिप

  ६ वर्षअघि पूर्वपत्नी एम्बर हर्डले मुद्दा दायर गरेपछि अभिनेता जोनी डिपको हलिउड करिअर संकटमा पर्ने अनुमान थियो । यति मात्र होइन, ज्याक स्प्यारोको रुपमा उनको ‘पाइरेट्स अफ दी क्यारेबियन’ फिल्म पनि हातबाट गुम्ने जोखिम औंल्याइएको थियो । उक्त ब्लकबस्टर मुद्दाको फैसला आफ्नो पक्षमा आएलगत्तै अभिनेता डिप ‘पाइरेट्स अफ दी

‘लण्डन टु पेरिस’मा भित्रिए निश्चल, साम्राज्ञीसँग जोडी बाँध्ने

साम्राज्ञी राज्यलक्ष्मी शाह र गरिमा शर्माको नयाँ फिल्म ‘लण्डन टु पेरिस’मा दुई नायक भित्रिएका छन् । नन–एक्टर निश्चल खड्का र ‘लम्फू’बाट डेब्यु गरेका कबीर खड्का अनुबन्धित भएका हुन् । ‘धौली’ फेम्ड निर्देशक घनश्याम लामिछानेले दुई पुरुष कलाकारलाई फाइनल गरिएको बताए । विज्ञापन र मोडलिङमा काम गरिसकेका निश्चलले साम्राज्ञीसँग अनस्क्रिन रोमान्स

उच्च अदालतले पललाई थुनामै राख्‍न आदेश दिएपछि ‘सत्यम्’को छायांकन अनिश्चित

अभिनेता पल शाहलाई थुनामै राखेर बलात्कार मुद्दाको सुनुवाइ गर्नुपर्ने भनी उच्च अदालत पोखराले पनि आदेश दिएपछि फिल्म ‘सत्यम्’ छायांकन पुनः अनिश्चित बनेको छ । पल रिहा भएपछि छायांकनमा जाने आशामा रहेका निर्माताको योजना अन्योलग्रस्त बनेको हो । पलको म्यानेजर समेत रहेका र यसअघि धरौटीमा रहेका कृष्ण जोशीले शुक्रबार बिहान पोस्ट

चलचित्र ‘सर्वजित’ निर्माणमा पर्यटनमन्त्री आलेले ५ महिनाको तलब सहयोग गर्ने

पर्यटनमन्त्री प्रेम आलेले चलचित्र ‘सर्वजित’ निर्माणमा आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार आयोजित चलचित्रको शुभ मुहूर्त कार्यक्रममा मन्त्री आलेले पार्टीको लेबी कटाएर पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेका हुन् । दलित महिला केन्द्रले निर्माण गर्न लागेको यो चलचित्रको दिनेश डीसीले निर्देशन गर्नेछन् । चलचित्र दलित
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.