विराटनगरमा कात्तिकमा फ्लाएर्स फिल्म अवार्ड हुने

विराटनगरमा आगामी कात्तिक ५ गते फर्स्ट फ्लाएर्स फिल्म अवार्ड हुने भएको छ । ओजस फिल्म्स एण्ड इन्टरटेनमेन्टले मुम्बईको साइमन फिल्म्ससँगको सहकार्यमा अवार्ड गर्न लागेको हो । २०७६ देखि २०७८ चैतसम्म सिनेमा रिलिज भएका फिल्मले प्रतिस्पर्धामा भाग लिन पाउने आयोजकले जनाएको छ । फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री, संगीतकार, पाश्र्वगायक, पाश्र्वगायिका, कथा,

शाहरुख खानको नयाँ फिल्म ‘जवान’को टिजर रिलिज

बलिउड अभिनेता शाहरुख खानको नयाँ फिल्म ‘जवान’ सन् २०२३ को जुन २ मा प्रदर्शन हुने भएको छ । शुक्रबार मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा फिल्मको टिजर सार्वजनिक गरिएको हो । दक्षिण भारतीय निर्देशक एट्लीसँगको सहकार्यमा शाहरुखको कम्पनी रेड चिल्लीले फिल्म निर्माण गर्न लागेको हो । एक्सन इन्टरटेनर फिल्ममा अभिनेत्री नयनतारा नायिकाको

जापानले पाराग्वेलाई हरायो

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जापानले दक्षिण अमेरिकी टोली पाराग्वेमाथि ४–१ को सहज जित निकालेको छ ।  होकाइदोस्थित सापोरो डोमे रंगशालामा जापानको प्रभावशाली जितमा टाकुमा असानो, डाइची कमाडा, काओरु मितोमा र एओ टानाकाले एक–एक गोल गरे । पाराग्वेका डेर्लिस गोन्जालेजले सान्त्वना गोल फर्काएका थिए । फिफा वरीयतामा जापान २३औं र पाराग्वे ५०औं

रुडिगर रियलमा अनुबन्धित

स्पेनिस क्लब रियल मड्रिडले जर्मन डिफेन्डर एन्टोनियो रुडिगरलाई अनुबन्ध गरेको छ । लिग च्याम्पियन रियलले बिहीबार सेन्टरब्याक रुडिगरलाई अनुबन्धित गरिएको जनाएको छ । रुडिठरले चेल्सीलाई गत सिजन च्याम्पियन्स लिग फुटबलको उपाधि दिलाउन महत्वपूर्ण योगदान गरेका थिए । २९ वर्षीय डिफेन्डरले रियलसँग ४ वर्षको सम्झौता गरेका छन् । रुडिगरको चेल्सीसँगको सम्झौता

युक्रेनका फुटबल समर्थकले रेडियोमा सुनेर पनि देशलाई समर्थन गर्नेछन्

यति बेला युक्रेन र रसियाबीच युद्ध चलिरहेको छ । दुई देशबीच चलिरहेको युद्धको असर सबै ठाँउमा परेको छ । युक्रेनमा युद्धमा होमिरहेका फ्रन्टलाइनरहरुलाई देशको खेल हेर्न सम्भव छैन् । कतिबेला कुन अवस्थामा आफ्नो देशलाई खतरा छ भनेर हेर्ने उनीहरुको दिनचर्या बनेको छ । यस्तो समयमा युक्रेन राष्ट्रिय फुटबल टोलीले विश्वकप

एन्फा निर्वाचन : अपिलको समय आज

अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन समितिले मताधिकार खारेजीको अपिलको लागि समयावधि   (बिहीबार) बाट सुरु भए पनि समयसीमा भने बस्ने अपिल कमिटीको बैठकले तय गर्ने जनाएको छ । निर्वाचन समितिका सदस्य बद्री भट्टराईले अपिलका लागि धेरै समय लिँदा पछिल्लो कार्यतालिका प्रभावित हुने भएकाले यसबारे कमिटीले आज समयसीमा तोक्ने बताए ।

बलिउडमा तीन ठुला फिल्मको टक्कर

शुक्रबारदेखि बलिउडमा तीन ठुला फिल्म रिलिज भएका छन् । ती फिल्म हुन्, सम्राट पृथ्वीराज, विक्रम, मेजर । दर्शकको प्रतिक्षित सूचीमा रहेका यी फिल्म एक अर्काबीच व्यवसायिक प्रतिस्पर्धी बनेका हुन् । सबै फिल्मले राम्रो दर्शक पाउने अपेक्षा गरिएको छ। सम्राट पृथ्वीराज अक्षय कुमार अभिनित फिल्म ‘सम्राट पृथ्वीराज’ चन्द्रप्रकाश द्धिवेदीले निर्देशन गरेका

‘आँधी तुफान २’ को शीर्ष गीतमा तीन अभिनेत्रीको बोल्ड अवतार

फिल्म ‘आँधी तुफान २’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । सुवानी मोक्तानको स्वर, सुरेश अधिकारीको संगीत र हरि उप्रेतीको शब्द गीतमा छ । गीतले फिल्मको कथा भनेको निर्माण मौनता श्रेष्ठले बताए । अवी वाग्लेको कोरियोग्राफी रहेको गीतको भिडियोलाई भारतको गोवामा खिचिएको हो । भिडियोमा फिल्मका मुख्य ३ अभिनेत्री आरती

‘कबड्डी ४’लाई पहिलो साता साढे ११ करोड ग्रस

दयाहाङ राई स्टारर फिल्म ‘कबड्डी’को चौथो श्रृंखलाले पहिलो साता ११ करोड ५० लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । पाँच दिनमा १० करोड कमाएको फिल्मले बुधबार र बिहीबार डेढ करोड ग्रस बटुल्यो । मुख्य मल्टिप्लेक्सन चेन क्यूएफएक्समा पहिलो साताको ग्रस कलेक्सन ३ करोड ८५ लाख रुपैयाँ छ । दोस्रो ठूलो

पल शाहलाई थुनामा राख्ने आदेश सदर

कलाकार पल शाहलाई थुनामै राखेर बलात्कार मुद्दाको सुनुवाइ गर्नुपर्ने भनी दुई जिल्ला अदालतले गरेको आदेशलाई उच्च अदालत पोखराले सदर गरेको छ । नावालिका गायिकालाई बलात्कार गरेको आरोप लागेका कलाकार शाहलाई जिल्ला अदालत कास्की र नवलपुरले थुनामै राखेर मुद्दाको सुनुवाइ गर्नुपर्ने भनी आदेश गरेका थिए । दुवै अदालतको आदेश विरुद्ध कलाकार
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.