अक्षयकुमारको ‘सम्राट पृथ्वीराज’लाई मध्यपूर्वमा प्रतिबन्ध, उत्तरप्रदेशमा कर छुट

मध्यपूर्वका तीन ठूला फिल्म बजार कतार, ओमान र कुवेतमा अक्षयकुमार स्टारर ‘सम्राट पृथ्वीराज’को प्रदर्शनमा प्रतिबन्ध लगाइएको छ । निडर र पराक्रमी राजा पृथ्वीराज चौहानको जीवन र पराक्रममा फिल्म आधारित छ । फिल्ममा अक्षयले वीर योद्धाको भूमिका निर्वाह गरेका छन्, घोर राज्यका क्रुर शासक मोहम्मदबाट भारतलाई जोगाउन महत्वपूर्ण भूमिका खेले ।

भारतले वेस्ट इन्डिज र अमेरिकामा टी–ट्वान्टी र एकदिवसीय सिरिज खेल्ने

भारतीय क्रिकेट टोलीले वेस्ट इन्डिज र अमेरिकामा टी–ट्वान्टी र एकदिवसीय सिरिज खेल्ने भएको छ । वेस्ट इन्डिज क्रिकेट बोर्डले जुलाई देखि अगस्टसम्म भारतले वेस्ट इन्डिज र अमेरिकामा दुई सिरिज खेल्ने जनाएको छ । भारतले घरेलु टोलीसँग तीन खेलको एकदिवसीय र पाँच खेलको टी–ट्वान्टी सिरिज खेल्नेछ । एक दिवसीय सिरिज जुलाई

नेपालले आज अभ्यास खेल खेल्दै

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज बुधबार अभ्यास खेल खेल्दैछ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टू अन्तर्गतको सिरिजका लागि अमेरिकामा रहेको नेपालले त्यहाँ रहेका पूर्व खेलाडीहरूको क्लब नेपाली अल स्टार्ससँग पहिलो अभ्यास खेल खेल्न लागेको हो । खेल नेपाली समयअनुसार राती ९ः१५ मा अमेरिकाको ह्युस्टनमा रहेको पेरिरी भ्यू क्रिकेट मैदानमा

युइएफए नेसन्स कपमा पोल्यान्डको विजयी सुरुवात

वेल्सलाई २–१ अन्तरले हराउँदै बुधवारदेखि सुरु भएको युइएफए नेसन्स कपमा पोल्यान्डले विजयी सुरुवात गरेको छ । खेलमा ५२ औँ मिनेट जोनी विलियम्सले गरेको गोलबाट वेल्सले अग्रता लिएको थियो । तर, ७२औँ मिनेटमा जाकुब कामिन्सकीले गोल गर्दै पोल्यान्डलाई खेलमा फर्काएका थिए । यस्तै, निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा करोल

युक्रेन विश्वकपको प्ले अफमा

स्कटल्यान्डलाई ३–१ ले हराउँदै युक्रेन कतार विश्वकप अन्तर्गत युरोपेली छनोटको प्ले अफको फाइनलमा प्रवेश गरेको छ । अब, युक्रेनले विश्वकपमा स्थान बनाउन फाइनल प्ले अफमा वेल्सको सामना गर्नेछ । यो खेल आइतबार राति कार्डिफमा हुनेछ । स्कटल्यान्डको हाम्पडेन पार्कमा युक्रेनको जितमा एन्ड्री यार्माेलेन्को, रोमन यारेमचुक र अर्टि डोभ्यकले गोल गरे

मेस्सी चम्किँदा अर्जेन्टिनालाई उपाधि

लियोनेल मेस्सी र एङ्खेल डि मारियाको उत्कृष्ट प्रदर्शनको मद्दतले अर्जेन्टिनाले इटालीलाई हराउँदै ’फाइनालिसिमा’ उपाधिमाथि कब्जा जमाउन सफल भएको छ । युरोप र दक्षिण अमेरिकाको च्याम्पियन टोलीबीच यो खेल खेलाइन्छ । वेम्बले स्टेडियममा भएको खेलको २८ औँ मिनेटमा मेस्सीको पासमा लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । पहिलो हाफको

एन्फा निर्वाचन : मताधिकार पाएका चार जनाको नाम कटौती

अखिल नेपाल फुटबल संघ (एन्फा)को असार ६ गते हुन लागेको निर्वाचनका लागि गठित निर्वाचन समितिले चार भोट कटौती गरेको छ । एन्फा निर्वाचन समितिले  साँझ प्रकाशित गरेको अन्तिम मतदाता नामावलीमा ८१ जनाले मात्र मताधिकार पाउने भएका छन् । यसअघि दुई जिल्ला पनि मताधिकारबाट बञ्चित भएका थिए । बुधबार चार जनाको

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको नेपाल समूह ‘बी’ मा

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा समूह ‘बी’ मा परेको छ । एसियन क्रिकेट काउन्सिलले बुधबार सार्वजनिक गरेको समूह विभाजनमा नेपाल ‘बी’ मा परेको हो ।मलेसियामा आयोजना हुने च्याम्पियनसिप जुन १७ बाट सुरु हुनेछ । नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् । यस्तै समूह

रोहितलाई इन्डोनेसियामा समर्थकको भव्य स्वागत

पर्सिक कदिरी एफसीसँग अनुबन्ध भएसँगै इन्डोनेसिया पुगेका नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर रोहित चन्दलाई क्लबका समर्थकले भव्य स्वागत गरेका छन् । बुधबार जाकर्ता पुगेका रोहितलाई समर्थकले विमानस्थलमै पुगेर स्वागत गरेका थिए । यस्तै मैदानमा समेत रोहितलाई समर्थकले स्वागत गरेका थिए । यसअघि पाँच वर्ष पर्सिजा जाकर्तामा बिताएका रोहित पर्सिक कदिरी

कम्युनिटी सिल्डको फाइनल लेस्टरको मैदानमा

म्यानचेस्टर सिटी र लिभरपुलले प्रतिस्पर्धा गर्ने कम्युनिटी शिल्डको फाइनल खेल लेस्टर सिटीको मैदान किङ्स पावर स्टेडियममा हुने भएको छ । इङ्ल्यान्ड फुटबल एसोसियसनले बुधबार कम्युनिटी शिल्डको उपाधि भिडन्त किङ्स पावर स्टेडियममा हुने जनकारी दिएको छ । कम्युनिटी शिल्डको उपाधिका लागि प्रिमियर लिग विजेता र एफए कप विजेताले प्रतिस्पर्धा गर्ने गर्छन्
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.