आजदेखि एसईई परीक्षा, असार मसान्तभित्र नतिजा सार्वजनिक गर्ने
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट देशभर सुरु हुँदैछ । परीक्षामा ५ लाख बढी परीक्षार्थीहरु सहभागी हुँदैछन् । कोरोना महामारीका कारण अघिल्ला दुई वर्षसम्म लगातार हुन नसकेको परीक्षा यस वर्ष राष्ट्रिय परीक्षा बोर्डले भौतिक रुपमै सन्चालन गर्न लागेको हो । अघिल्ला वर्ष विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा बोर्डले नतिजा

