‘नम्बरी सुन’मा नम्रता र आमेशले जोडी बाँध्ने
राजु गिरीले निर्देशन गर्ने फिल्म ‘नम्बरी सुन’को नायिकामा नम्रता सापकोटा अनुबन्धित भएकी छन् । शुक्रबार निर्माता नारायण खाती र नम्रताबीच सम्झौता भएको छ । उनले आमेश भण्डारीसँग अनस्क्रिन रोमान्स गर्नेछिन् । आमेश र नम्रताले पहिलोपटक फिल्ममा सहकार्य गर्न लागेका हुन् । लामो समयपछि यी दुवैको यो कमब्याक फिल्म हुनेछ ।


