आलिया–रणवीरले राखे छोरीको नाम ‘राहा’, बार्सिलोनाको जर्सीमार्फत सार्वजनिक

बलिउड जोडी रणवीर कपुर र आलिया भट्टले छोरीको नामाकरण गरिदिएका छन् । विहिबार बेलुका इन्स्टाग्रामको एक पोस्टमार्फत आलियाले उक्त जानकारी दिएकी हुन् । आलिया र रणवीरले छोरीको नाम ‘राहा’ राखिदिएका छन् । रणवीरकी आमा नीतुले यो नाम राखिदिएकी हुन् । छोरीको नाम सार्वजनिक गर्ने आलिया–रणवीरको काइदा पनि गजबको छ ।

गायक कान्ये वेस्टले सन् २०२४ मा अमेरिकी राष्ट्रपति चुनाव लड्ने

अमेरिकी  गायक कान्ये वेस्ट अमेरिकी राष्ट्रपति चुनावको दौडमा फर्किएका छन् । यो अचम्म मान्नुपर्ने कुरा हैन तर, सन् २०२४ को राष्ट्रपति चुनावमा उनी लड्नेछन् । संगीतसम्बन्ध विश्वचर्चित म्यागजिन बिलबोर्डका अनुसार यसै सप्ताहन्तमा गायक वेस्टले आफ्नो चुनावी अभियानको पुष्टि गरेका छन् । ट्वीटरमा फ्यानले पोस्ट गरेको भिडियोमा पनि गायक वेस्टले आफू

उर्वशीले लगाइन् ५० लाखको ड्रेस : ट्रोलर्सले भने, ‘कोसिस नगर्नुस्, ऋषभ प्रभावित हुँदैनन्’

उर्वशी रौतेला अक्सर पहिरनका कारणले चर्चामा छाउने अभिनेत्री हुन् । पछिल्लो समय पनि उनी पहिरनको कारणले नै चर्चामा छिन् । उनले दुबईमा आयोजित ‘फिल्मफेयर मिडल इस्ट अवार्ड’ समारोहमा लगाएको महँगो पहिरन अहिले चर्चामा छ । कार्यक्रममा उनले पिंक ट्युब बडीकन ड्रेस लगाएकी थिइन् । जसको मुल्य ५० लाख (भारतीय रुपैयाँ)

साउथका ४ अभिनेत्री, जसले आइटमबाट पनि रिझाए दर्शक

बलिउड फिल्ममा दर्शक आकर्षित गर्न आइटम गीतको ठूलो महत्व रहने गर्छ । बलिउडका धेरै फिल्ममा अभिनेत्रीहरूले आइटम डान्समा आफूलाई प्रस्तुत गरेर दर्शकको मन जितेका छन् । आइटम डान्सको मामलामा दक्षिण भारतीय (साउथ) अभिनेत्री पनि कम छैनन् । सामन्था रुथ प्रभुदेखि तमन्ना भाटियासम्म, आइटम डान्स मार्फत दर्शकको मनमा राज गर्न सफल

‘छक्का पन्जा ४’को डिजिटल राइट बिक्यो

निर्माण सम्पन्न भएर प्रदर्शनको लागि तयार चलचित्र ‘छक्का पञ्जा ४’ को डिजिटल राइट ओएसआरले खरिद गरेको छ । ओएसआर डिजिटल र दीपक राज गिरिबीच केही दिन अघि मात्र कागजी सम्झौता भएको छ। ओएसआरका संचालक ओम प्रकाश अग्रवालका अनुसार ‘छक्का पञ्जा ४’ को ब्रान्ड भ्यालु अनुसार राम्रै मूल्यमा डिजिटल राइट ओएसआर

ऋर्चाले अष्ट्रेलियामा जितिन् उत्कृष्ट अभिनेत्रीको अवार्ड

अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियामा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् । उनले ‘टाइटन फिल्म फेस्टिबल’ मा सर्ट फिल्म ‘ब्लड मनी’ का लागि उक्त अवार्ड जितेकी हुन् । अशोक कुमार तिमल्सिनाको लेखन तथा निर्देशन रहेको फिल्ममा ऋचाको अलावा मिथिला शर्मा, अशोक तिमिल्सिना, पारस तिमिल्सिना, सौरभ पौडेल लगायतको अभिनय छ । साउदीमा एक

मतदाताप्रति हिमेश पन्तको आक्रोश : कतिले त भोट चाहिए रक्सी खुवाउनुस् भने

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । केही कलाकार पनि चुनावी मैदानमा छन् । कमेडियन हिमेश पन्त धादिङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार छन् । मतगणना भइरहेको उक्त क्षेत्रमा नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले अग्रता बनाइरहेका छन् । हिमेश सुरुवातदेखि नै तेस्रो स्थानमा

परिजिता बास्कोटा ‘द भ्वाइस’को अमेरिकी संस्करणमा अन्तिम १० मा प्रवेश

नेपालीमूलकी परिजिता बास्कोटा अमेरिकी संस्करणको टेलिभिजन रियालिटी शो ‘द भ्वाइस’को अन्तिम १० मा प्रवेश गरेकी छन् । मंगलबार भएको प्रतिस्पर्धामा उनी दर्शकीय मतको आधारमा आगामी चरणमा प्रवेश गरेकी हुन् । जोन लिजेन्ड समूहमा रहेर प्रतिस्पर्धा गरिरहेकी उनले एडेलको गीत ‘अल आइ आस्क’ गाएकी थिइन् । उनको उक्त गीतलाई पनि जजहरुले

‘अवतार २’ बन्यो महंगो फिल्म, लगानी उठाउनै २ बिलियन डलर कमाउनुपर्ने

जेम्स क्यामरुन निर्देशित हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’ अहिलेसम्मकै महंगो फिल्ममध्ये बनेको छ । लगानी उठाउन समेत फिल्मले २ बिलियन डलर कमाउनुपर्ने भएको छ ।जिक्यू म्यागजिनसँगको एक ताजा अन्तर्वार्तामा निर्देशक क्यामरुनले ‘अवतार २’ अहिलेसम्म बनेकामध्ये महंगो फिल्म बनेको बताएका छन् । रोचक कुरा के छ भने अहिलेसम्म

कलाकार उम्मेदवारलाई अग्रता लिनै सकस : रेखा थापा र हिमेश पन्त तेस्रोमा पछ्याउँदै

अभिनेत्री रेखा थापा र कमेडी च्याम्पियन हिमेश पन्त चुनावी मैदानमा उत्रिएका कलाकार हुन् । रेखा राप्रपाको तर्फबाट मोरङ–३ र हिमेश राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट धादिङ–१ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरु हुन् । आज (बुधबार) बिहानसम्मको मतगणनामा यी दुबै उम्मेदवार तेस्रो स्थानमा पछ्याइरहेका छन् । यी दुबैभन्दा अघि सत्ता गठबन्धन र एमाले
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.